छालाको स्याहार गर्दा आफ्नो उमेरलाई पनि ध्यानमा राख्नुपर्छ । जुनसुकै उमेरसमूहकाले छालाको स्याहार गर्नुपर्छ । बढ्दो उमेरसँगै छालामा चाउरीपना, दाग, आँखाको वरिपरि कालो घेरालगायतका समस्या देखिन थाल्छन् । स्याहार ग-यो भने छालाको चमकलाई पनि कायम राख्न सकिन्छ ।

छालालाई चिसो र घामबाट जोगाउनुपर्ने हुन्छ । घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ ।

छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । त्यसले गर्दा मोस्चराइजरको प्रयोग गर्नुपर्छ । मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ ।

भिटामिन सी र जैविक तेलको प्रयोगले छालालाई फाइदा गर्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । हप्तामा दुईपटक अनुहारको मृत सेललाई माडेर फाल्न अथवा फेसियल गर्न सकिन्छ । नाइट क्रिम नियमित प्रयोग गर्नुपर्छ ।

खानेकुराको ख्याल गर्नु जरुरी छ । यसले छालामा असर तथा प्रभाव पार्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी खानुपर्ने हुन्छ ।

कम्तीमा तीन लिटर पानी दैनिक पिउनु छालाका लागि फाइदाजनक मानिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार