इलाम, १७ कार्तिक । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ ।
दक्षिणीमाई नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा हजुरबुबा देउमान नेम्वाङलाई बियरको बोतल प्रहार गरेका थिए ।
बोतल प्रहारबाट ६५ वर्षीय हजुरबुबा नेम्वाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस :
श्रीमतीको हत्या गरि श्रीमान फरार
गुल्मी । गुल्मीमा श्रीमतीको हत्य गरि श्रीमान फरार भएका छन् । जिल्लाको मदाने गाउँपालिका ६ पनाहा निवासी ३२ वर्षिय दुर्गा नेपालीले आफनै श्रीमती ३१ वर्षिय सिता नेपालीलाई हत्य गरि फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले बताए ।
नेपालीले शुक्रवार बिहान श्रीमतीलाई कुटपिट गरेर हत्य गरेर फरार भएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्य गरेर फरार श्रीमानको खोजी कार्य भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।







