नयाँ शक्ति पार्टी नेपालले ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’ कार्ययोजना तयार गरी ७७ जिल्ला अधिवेशन गर्ने भएको छ।

मंसिर १ गतेदेखि चैत ३० गतेसम्म जिल्ला अधिवेशन गर्ने र पार्टीको संगठन वडा तहसम्म विस्तार गरिने संयोजक बाबुराम भट्टराईले जनाएका छन्।

महाधिवेशन आयोजक समितिका सदस्यलाई अभिप्रेरकका रूपमा नयाँ शक्तिले जिल्लामा परिचालन गर्ने महाधिवेशन आयोजक पूर्ण कमिटीको हालैको बैठकले निर्णय गरेको हो।

माघ १५ देखि एक महिना संयोजक भट्टराईको नेतृत्वमा पाँचथरको चिवा भन्ज्याङ्गदेखि बैतडीको झुलाघाटसम्म १७६५ किमी मध्यपहाडी लोकमार्गमा जनजागरण यात्रा गर्ने पनि नयाँ शक्तिले निर्णय गरेको छ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, संविधानका अपूर्णता पूरा गर्न संविधान संशोधनलगायतका एजेण्डासहित जनजागरण गर्न लागेको हो।

बैठकले सचिवालय ३३ सदस्यीय र हेडक्वाटरमा ११ जना रहन सक्ने निर्णय गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरेको छ। बैठकले सरकारको टिप्पणी गर्दै सबै क्षेत्रमा वर्तमान सरकार असफलतातिर उन्मुख रहेको बताएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार