काठमाडौं : राजधानीको अतिब्यस्त नयाँबानेश्वरमा एक युवतीको घाँटीबाट सुनको सिक्री लुटिएको छ । खोटाङकी २५ वर्षीया समिक्षा राईको घाँटीमा लगाएको करिब साढे एक तोलाको सुनको सिक्री शनिबार साँझ काठमाडौँ महानगरपालिका-१० नयाँ बानेश्वरको पिपलबोटबाट लुटिएको हो ।
नयाँबानेश्वर पिपलबोट नजिक उभिएको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका ब्यक्तिहरुले उक्त सिक्री लुटपाट गरी फरार भएका प्रहरीले जनाएको छ। फरार लुटेराहरुको प्रहरीले खोजी गरिरहेको छ ।







