नेपाली सांगीतकको बजारमा दिनहुं नयाँ गीती कोसेली आउने क्रम बढ्दो छ यसै बीच गितसंगीत लाई आफ्नो कर्म थलो बनाएर बिगत लामो समय देखि नेपाली गित संगीत क्षेत्रमा छुट्टै अनि फरक उचाईमा बिगत दुई दशक देखि नेपाली गित संगीतमा कुशल निर्देशन गर्दै आफुलाई छुट्टै पहिचान बनाउन सफल निर्देशक शिब बि.क को नाम यो नेपाली सांगीतिक क्षेत्रको लागि नौलो होइन उहाको दुई दशकको लामो यात्रामा हजारौ गीतको म्युजिक भिडियो मा नेपालका चिरप्ररिचित ख्यातिप्राप्त कलाकारहरुलाई आफनो निर्देशनमा उतारी सक्नुभएका साथै नेपालमै पहिलो पटक नेपालका महानायक राजेश हमाल लगाएत थुप्रै त्यस्ता कलाकारहरु लाई नेपाली लोकदोहोरी क्षेत्रमा नचाउन सफल ब्यक्ती शिब बि.क ले यतिबेला एउटा फरक काम गरेका छन् । शिवले म्युजिक भिडियो मात्रै आफुलाई सिमित राख्नु भएन भन्दा फरक नपर्ला यति बेला नेपाली गित संगीतको बजारमा आफुलाई निर्देशक,साथै कुशल गायकको रुपमा पनि स्थापित गराउने क्रमामा छन् शिब बि.क ।
नेपालीहरुको महान चाड बिजय दशमी,र दिपावलिको पावनअबशरमा रमाईला खाले गित प्रस्तुत गर्ने क्रममा “LOVEFUSION।। म पनि तिम्रै हाे” नामक गित नेपाली बजारमा ल्याको बि.कले जानकारी दिनुभयो । साथैउक्तगित मा आवाज शिब बि.क,स्मृति शाहीको रहेको छ भने गीतमा शब्द गोबिन्द प्रसाद उपाध्याको र संगीत शिब बि.क स्वयमको रहेको छ उक्त गित र्याप भर्जन भएकाले र्याप भने अमृतको रहेको ।
भिडियोमा अभिनय भने शिब बि.क,शुस्मा अधिकारी ,साथै सुन्दर खवशको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियो मा कुशल निर्देशन गर्नु भएको छ । निर्देशक शिब बि.क ले भने छायाँकन तर्फ शम्म्भु चालिसेको रहेको छ उक्तागितको बजार ब्यबश्थापन को जिम्मा लिएको छ Shiva 4s media 9841273903 ले ।
साथै उक्त गीतको भिडियो Shiva 4s media को आधिकारिक युटुब च्यानल बाट नेपाली बजारमा आएको छ । सधै आफुलाई फरक काम गर्न रुचाउने शिब बि.क ले गरेको यो प्रयास भने कस्तो हुने छ बि क ले आफुलाई निर्देशन मा जस्तै गायिकिमा पनि दर्शक श्रोतको मन जित्न सफल बन्नुन शितल न्युज ( शिराईचुलि मिडिया प्र.लि )युनिटको तर्फबाट सफलताको कामना गर्दा छौ ।
<शितल न्युज ( शिराईचुलि मिडिया प्र.लि )
मिलन सिंह







