बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको बुबा यज्ञराज पन्तले सरकारले दोषी पत्ता लगाउन नसके आफ्नो परिवार आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
आइतबार भीमदत्त नगरपालिका २ स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र त्यति गर्दा पनि सुनुवाइ नगरे सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।
हत्यामा संलग्न दोषी पत्ता लगाउन १ हप्ताको अल्टिमेटम दिएका उनले कात्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने बताएका छन् । यदि धर्नापछि पनि सुनुवाई नभए सपरिवार आमरण अनशन बस्ने चेतावनी दिएका हुन् ।
निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । हत्या भएको तीन महिना भन्दा बढी भइसके पनि त्यसमा संलग्नको खोजी गर्न सरकारले चासो नदेखाएको उनको आरोप छ ।
घटनाको छानविनका लागि विभिन्न टोली गठन गरे पनि घटनामा सम्लग्नको पहिचान गर्न नसकेको तथा दोषीलाई कारवाही गर्न नसकेको भन्दै सरकारले घटनालाई थामथुम पार्न खोजेको निर्मलाका बुवाले आरोप लगाए ।
कन्चनपुरमै घट्यो नसोचेको घटना, समिरमानकी श्रीमती पक्राउ, तुलाधरको निधनले ठूलो क्षतिः प्रचण्ड- हेर्नुहोस् यो भिडियो विस्तृतमा….
कञ्चनपुरमा मलामी बोकेर घर फर्किरहेको ट्याक्टर दुर्घटना भएको छ । बेदकोट नगरपालिका–४ बैतडाका ८४ वर्षीय नरीभान धानुकको महाकालीमा अन्त्येष्टि गरेर मालामी बोकेर घर फर्किरहेको से१त ५४२२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
आइतबार बिहान १२ः२० बजेतिर पुर्वपश्चिम महेन्द्र राजमार्गको बेदकोट नगरपालिका–७ भाँसी खोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
बेदकोट नगरपालिका–४ बैतडाका ३५ वर्षीय राजेन्द्र जाग्री र सोही ठाँउकै ३२ वर्षीय प्रेम सिंह धामीको घटना स्थलमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार जाग्री र धामीको अस्पताल ल्याउनुभन्दा अघि नै मृत्यु भइसकेको थियो । बेदकोट नगरपालिका–४ का १६ वर्षीय दिलिप भण्डारी, सोही गाउँकै २० वर्षीय दिपक धानुक, ३६ वर्षीय अजु धानुक, ५६ वर्षीय भक्तबहादुर महरा, १७ वर्षीय प्रकास जोशी, ३२ वर्षीय प्रेमसिह जाग्रीको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतीय अस्पतालमा रेफर गरिएको छ ।
https://youtu.be/PHDS8EdQFn0?t=1







