काठमाडौं- डोल्पामा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जिप ठूलो भेरी नगरपालिका ९ मा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख भुपेन्द्र थापाले जानकारी दिए।

सिडियो थापाले भने, १० जनाको घटनास्थलमा नै मृत्यु भएको छ। २ जनाको उद्धार भयो।ु मृत्यु हुनेहरुमा ७ जना पुरुष र ३ महिला रहेका छन्। उनीहरुको सनाखत हुन सकेको छैन।

चालकसहित दुई जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार