काठमाडौं । मादक पदार्थ सेवन मापसे कारवाही सुरु भएको ७ वर्षमा २५ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन भएको छ । मापसेकै कारण भएका दुर्घटनामा कमी आएको प्रहरीको दाबी छ । तर, अन्य कारण भएका दुर्घटनामा बृद्धि देखिएको छ ।
वितेको सात वर्षमा मापसेका कारण २ लाख ८१ हजार चालक कारवाहीमा परेका छन् । उनीहरुबाट २५ करोड रुपैयाँ राजश्व उठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । महाशाखाको तथ्यांक अनुसार मापसे कारबाही सुरु हुनुभन्दा अघिल्लो पाँच वर्षमा काठमाडौं उपत्यकाभित्र १९ हजार ९० दुर्घटना भएका थिए । जसमा सात सय २२ ले ज्यान गुमाए ।
२०६४÷६५–दुर्घटना–२२११, मृत्यु–१२०
२०६५÷६६–दुर्घटना–२७६५, मृत्यु १३७
२०६६÷६७–दुर्घटना–४१०४, मृत्यु १४६
२०६७÷६८–दुर्घटना–४९१४, मृत्यु १७१
२०६८÷६९–दुर्घटना–५०९६, मृत्यु १४८
म्मा दुर्घटना १९०९०, मृत्यु ७२२
मापसे कारबाही सुरु गरेपछिका ३४ हजार १ सय १२ सवारी दुर्घटनामा १ हजार ३३ जनाले ज्यान गुमाएका छन् ।
२०६९–७० दुर्घटना ४७७०, मृत्यु १४७
२०७०–७१ दुर्घटना ४६७२, मृत्यु १४३
२०७१–७२ दुर्घटना ४९९९, मृत्यु १३३
२०७२–७३ दुर्घटना ५६६८, मृत्यु १६६
२०७३–७४ दुर्घटना ५५३०, मृत्यु १८२
२०७४–७५ दुर्घटना ६३८१, मृत्यु १९४
२०७५–७६ दुर्घटना २०९२, मृत्यु ६५
जम्मा दुर्घटना ३४११२, मृत्यु १०३३
ट्राफिक प्रहरी भने मापसेबाटै भएको दुर्घटना भने कमी आएको दावी गर्छ । महाशाखाले मापसेको जरिवानाबाट मात्र २५ करोड बढी राजश्व उठाएको छ ।
०६९–७० ३,४४,९१,०००
०७०–७१ ४,६९,३६,०००
०७१–७२ ५,२१,६५,०००
०७२–७३ ३,५६,२६,०००
०७३–७४ २,७८,१८,०००
७४–७५ २,३०,९४,०००
०७५–७६ ७६,१४,०००
जम्मा २५,५५,५८,०००
मापसेको जरीवाना वापत राज्यकोशमा करोडौ रकम जम्मा भए पनि सवारी दुर्घटनाको अनुपात वढ्दै गएको छ ।







