काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ । महासमिति बैठकको तयारीका विषयमा छलफल गर्ने मूल एजेन्डासहित काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो ।

पार्टीको विधान संशोधन मस्यौंदा समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिने पनि बैठकको एजेण्डा छ । तर, आज बस्ने केन्द्रिय कार्य समितिको बैठकमा पेश गर्ने भनिएको मस्यौंदा प्रतिवेदनको प्रस्तावकै विषयमा भने विवाद देखिएको छ ।

उपसमितिले तयार पारेको मस्यौंदामा समितिका सदस्यबीच विवाद देखिएपछि आज बस्ने केन्द्रिय कार्य समिति बैठकमा पेश प्रतिवेदन पेश हुने÷नहुने टुंगो भने अझै लाग्न सकेको छैन ।

नेपाली काँग्रेसले आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौंमा महासमिति बैठक बोलाउने तयारी गरेको भए पनि नेताहरुबीचको विवादले बैठक भने सर्ने देखिएको छ । news24nepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार