रतुवा । गएको वर्षामा रतुवा नदिको बाढीवाट पूर्ण रुपमा विस्थापितहरुलाई रतुवामाई नगरपालिकाले प्रति परिवार दश हजार रुपैया राहत रकम हस्तान्तरण गरेको छ

नगरको वडा नं. ३ का २३ घर परिवार विस्थापीतहरुको घर पूननिर्माणका लागि नगरका प्रमुख रविन राई र उप प्रमुख दयन्त देवी चुडालले पिडीत परिवारलाई राहात वितरण गर्नुभएको हो । नगर प्रमुख रविन राईले यो सहयोगले विस्थापितहरुलाई थोरै भएपनि राहत मिल्लने बताउनु भयो ।
उहाँले नगरको दुवै पटी रहेको बक्राह र रतुवा नदि नियन्त्रण नै नगरको प्रमुख चुनौति रहेको बताउनु भयो । नगरपालिकाले राहात स्वरुप रकम उपलब्ध गराएकोमा बाढीबाट प्रभावितहरुले खुशी व्यक्त गरेका छन ।







