विश्वका ४५ करोड मानिस ‘पोर्नोग्राफी’को नशामा फसेको तथ्यांकले देखाएको छ। जिक्यू डटकमका अनुसार प्रत्येक पाँच जनामा एक जनाले दैनिक पोर्न फिल्म हेर्ने गर्छन् । त्यस्तै ५९ प्रतिशतले हप्तामा पाँचदेखि १५ घण्टासम्म पोर्न फिल्म हेर्छन् । पोर्न मुभीको लतमा फसेका ५० प्रतिशतले भने ‘सेक्स’को अनुभव नै बटुलेको देखिँदैन । तथ्यांकले पोर्नोग्राफीको नशामा फसेका ४२ प्रतिशत कलेजका विद्यार्थी रहेको उल्लेख गरेको छ । त्यस्तै ५३ प्रतिशत १२ देखि १४ वर्ष उमेरका छन् । उनीहरू १२ वर्ष कटेपछि पोर्न फिल्मको लतमा फसेको तथ्यांकले देखाएको छ ।

इन्टरनेटको माध्यमबाट पोर्न फिल्म हेर्ने सबैभन्दा बढी अमेरिकामा छन् । यहाँ चार करोड मानिस पोर्नको लतमा फसेका छन् । यो संख्याको एक तिहाई अर्थात् १ करोड ३० लाख महिला छन् । अमेरिकालाई ‘पोर्न’को राजा पनि भन्ने गरिन्छ । पोर्नसम्बन्धी फिल्म निर्माण, पोर्नस्टार, पोर्नसम्बन्धी वेबसाइट, वेबसाइट होस्टिङलगायत सबै काम अमेरिकामै बढी हुने गर्छ । विश्व बजारको ६६ प्रतिशत पोर्न फिल्म अमेरिकामा बन्ने गरेका छन् । साइकोलोजी फ्याक्ट्सले हरेक ३९ मिनेटको अन्तरमा अमेरिकामा नयाँ ब्लू फिल्म बन्ने देखाएको छ । संसारभर पोर्नोग्राफीको वार्षिक १३ अर्ब डलरको कारोबार हुँदै आएको छ । जसमध्ये अमेरिकामा मात्र ८९ प्रतिशत कारोबार हुन्छ।

अमेरिकापछि यस्ता क्रियाकलाप ब्राजिलमा बढी हुन्छ । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पोर्न हेर्नेको संख्या दिनप्रति दिन बढ्दै गएको तथ्यांकले देखाएको छ । ब्राजिलपछि दक्षिण एसियाली मुलुक पाकिस्तान पोर्न फिल्म हेर्ने तेस्रो ठूलो राष्ट्र हो । संसारकै ठूलो अर्थतन्त्र मानिएको चीन पोर्न हेर्ने चौथो ठूलो मुलुक हो । यहाँ कतिपय वेबसाइटहरू सरकारले प्रतिबन्ध लगाए पनि लुकीछिपी पोर्न हेर्नेको संख्या बढ्दै गएको छ ।

-ऐजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार