मंसीर ८ काे काठमाडाैंमा हुन गइरहेकाे विशाल जनसभाकाे प्रचार गरिरहेका नेकपाका कार्यकर्तालार्इ प्रहरीले गिरफ्तार गरेकाे छ ।

पाचथरबाट प्राप्त समाचारअनुसार कात्तिक २२ गते पाचथर नौवाबाट जनसभाको पोस्टर टाँस्दै गर्दा विजय निङ्वाङ र कविराज लिम्बुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

ढिलो गरी अर्काे प्राप्त समाचारअनुसार कात्तिक १७ गते सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री प्रहरीले लुटपाट गरेको छ ।

‘प्रतिबन्धित समाग्री किन ल्याएको हो ।’ भन्दै सो सामाग्री लुटपाट गरिएको हो ।

शान्तिपूर्ण जनसभाका लागि प्रचार गर्दै हिडिरहेका नेकपाका कार्यकर्ताहरू गिरफ्तार हुनु र प्रचार सामाग्री लुटिनुले सरकार वार्ताकाे कुरा गरेर नेकपालार्इ दमनकाे बाटाेमा लगिरहेकाे विश्लेषण गरिन थालिएकाे छ ।

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार