धनन्जय बुढा,

नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले वर्तमान ओली–दाहालहरुको अपवित्र घेरा तोड्न सबै सक्कली कम्युनिष्टहरुबीचको एकता अावाश्यक भएको बताएका छन् ।

मंगलबार राजधानीमा गाेपाल किरातीद्धारा नेतृत्व गरिएकाे नेकपा (माओवादी केन्द्र)द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वैद्यले सो बिचार व्यक्त गरेका हुन् । महासचिव वैद्यले नाम मात्रको दुई तिहाइको कम्युनिष्ट सरकारले जनतालाई विकास र समृद्धिको सपना देखाएको जनताको ढाड सेकाएकाे बताए ।

उनले यस्तो किसिमको जनविरोधी सरकारलाई विस्थापन गरेर जनपक्षिय सरकार ल्याउन सच्चा क्रान्तिकारीहरु एक भएको जनताले हेर्न चाहेको बताउँदै आफूहरुले विप्लव नेकपा र गोपाल किरातीहरुसंग घनिभुत छलफल चलाइरहेको पनि बताए ।

त्यसैगरी कार्यक्रम आयोजक पार्टीका अध्यक्ष गोपाल किरातिले पनि छिटो भन्दा छिटो अफूहरु एकता हुन चाहेको र विप्लवलाई पनि आफू भन्दा ठूलो नेता मानेको पनि बताए ।

नेकपा मालेका महासचिव सीपी मैनालीले आफू राष्ट्रवादी भन्ने केपी ओलीले देश र जनताका निम्ति राम्रो काम गर्ने प्रशस्त मौका हुँदा पनि गफ भन्दा केही गर्न नसकेकोले जनता हाँस्न थालिसकेको बताए ।

त्यस्तै उनले चीन सरकारले लिपुलेकको बारेमा आवाज उठाउ, हामी नेपालको पक्षमै निर्णय गर्छु भन्दा पनि दक्षिणको छिमेकी रिसाउँछ भनेर चुँ पनि नगरेको आरोप समेत लगाए । नायक तथा निर्माता नवल खड्काले आफूले निरन्तर राष्ट्रवादी चलचित्रहरु निर्माण गर्दै आएको र अव छिट्टै ‘काँडेतार’ नामक चलचित्र बनाउन लगेको बताए ।

नेकपा माओवादी केन्द्रका महासचिब कर्णजित बुढाथोकीले कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार