प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन्। ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछि अपांग बनेकी थिइन्।

विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय पुर्याउनुपरेको उनले बताए। घरदेखि एक घण्टा उकालोमा पर्ने पूर्णागाउँ प्राविमा कक्षा ५ मा अध्यनरत घर्ती बहिनी बोकेर विद्यालय जान थालेको दुई वर्ष भयो। गत वर्ष मीना पनि विद्यालय भर्ना भएदेखि उनले यो जिम्मेवारी सम्हालेका हुन्।

बुबाआमा घरमा खेती किसानमा जान्छन्। गर्मीको समय उकालो बाटोमा बहिनी बोकेर विद्यालय पुर्याउन मुस्किल हुने उनी बताउँछन्। विद्यालयमा समेत बहिनीलाई शौचालय बोकेर लैजानुपर्ने उनले जानकारी दिए।

‘सुनीलले दैनिक बहिनी बोकेर विद्यालय ल्याउने/लग्ने गर्छन्,’ प्रअ शशिधर पण्डितले भने, ‘देख्दा निकै दया लाग्छ।’ उनले मीनालाई विद्यालयले अपांग छात्रावृत्ति प्रदान गरेको बताए। बालिकालाई कतै आवासीय व्यवस्था हुन सके दाजु-बहिनी दुवैलाई राहत हुने थियो। यो पनि पढ्नुहोस् :रविकाे पहलमा न्युज २४ ले निर्माण गरेको मुसहर बस्ति हस्तान्तरण
सप्तरीको तिलाठीमा न्यूज २४ टिभी ले निर्माण गरेको मुशहर वस्ती निर्माण सम्पन्न भएको छ । आज सोहि एकीकृत मुसहर बस्ति एक कार्यक्रम गरेर ५२ ओटा घर हस्तान्तरण गरिएकाे छ । न्युज २४ र रबि लामिछानेले सक्रिय भएर थालेको यो एकीकृत आवास अभियान तोकिएको मिति भन्दा ७० दिन अघि नै सम्पन्न भएको हो। निर्माण सम्पन्न भएसंगै आज छठ पर्ब कार्यक्रम को बिशेष दिन पारेर मुशहरवासीलाई हस्तान्तरण गरिएको छ ।

न्यूज २४ टेलिभिजनले वस्तीमा निर्माण गरेको ५२ वटा घर जनताको साथ र सहयोगमा संकलन गरेको रकमबाट निर्माण भएको जनाएको छ। आज यो वस्ती सम्बन्धित परिवारलाई नेपालकै प्रथम राष्ट्रपति रामवरण यादवकाे प्रमुख अातिथ्यमा हस्तानन्तरण गरिएकाे छ ।

२०७४ साल श्रावन २७ गते सप्तरीको खाँडो नदीमा बाढी आएर तिलाठी जलमग्न भएर डुबेको थियो। मुसहरहरुका लागी भनेर निर्माण भएको यो बस्तिका घरहरु हस्तान्तरण गरिरहदा सबै निकै प्रफुल्लित समेत देखिए।

रबि लामिछाने सहित न्युज २४ को टोलीले नजानेको काम भएपनि अरुको दुखमा मलम लगाउन यो काम गरेको यस अघि नै जनाइसकेको छ । कुनै समय बाढीले डुबेर पाइला टेक्ने ठाउ नभएको यो ठाउ अहिले निकै सुन्दर देखिएको छ।

बाढीले डुबेर मृत्यु भएका एक अमोल सदा बालकलाइ गाड्ने समेत ठाउ नभएर बगाइएको यो गाउको अबस्था देखेर मर्माहत बनेर बस्ति बनाउने अठोट लिएको समेत बताए। फेरि बाढी आएपनि पानि नपसोस भनेर जमिन देखि केहि उचाइमा घर हरु बनाइएको छ भने यो घरहरुलाई एक ठाउँ बाट अर्को ठाउमा सार्न मिल्ने समेत गरि बनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार