भारतीय माअाेवादीले नयाँ महासचिव निर्वाचित गरेसँगै माओवादी छापामारहरूले हालैं भीषण हमला गरेका छन् । चुनावको बहिस्कारको घोषणा गरेको माओवादीले चुनाव लक्षित गरेर सुरक्षाकर्मीमाथिको हमला गरेका छन् ।

भारतीय माअाेवादीहरूले गरेकाे पछिल्लो आक्रमणमा सरकारी ६ सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । भारतको बीजापुर जिल्लामा मंगलबार बारुदी सुरुङ विष्फोट गरेका थिए ।

तीन दिनअघि आइतबारका मात्रै छत्तीसगढको कांकेर जिल्लामा माओवादीको आक्रमणमा परि एकजना सहायक सब इन्सपेक्टरको मृत्यु भएको थियो ।

छत्तीसगढ राज्य विधानसभाको चुनावलाई लक्षित गरेर पछिल्लो आक्रमण छैटौं हो । कतेकल्याण इलाकाको नयनार गाउँमा राखिएको मतदान बुथदेखि ७०० मिटर दुरीमा विष्फोट भएको गरिएको भारती संचारमाध्यमहरुले बताएका छन् ।

भारतीमा माओवादीले हालै मात्र पार्टीको महासचिवको जिम्मेवारी वरिष्ठ नेता तथा सैन्य विभाग प्रमुख बसबराजलाई दिएको छ । उमेरका कारण यसअघिका महासचिव गणपतिले विदा लिएपछि बसबराज उनको ठाउँमा आएका हुन् ।

सैन्य योजनामा विज्ञ मानिएका बसबराजले नेतृत्व समालेको समाचारसँगै फौजी कारवाही शसक्त हुने विश्लेषण भइरहेको बेला पछिल्ला घटना भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार