नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रचण्ड र केपी अाेलीहरू नै जनताबाट भूमिगत हुन पुगेकाे बताएका छन् ।

महासचिव विप्लवले नेपाल प्रहरी र सेनाकाे घेराबिना हिड्नै नसक्ने केपी अाेली र प्रचण्डलगायत संसदवादी दलका नेताहरू क्रान्तिकारी जनताबाट भूमिगत भएकाे अाराेप लगाएका छन् ।

एक अंग्रेजी अनलाइन पत्रिकासँगकाे कुराकानीमा महासचिव विप्लवले अाफुहरू कहिल्यै भूमिगत नभएकाे तर दलाल पुँजीपति सत्ताका संचालकहरूले अाफुहरूलार्इ भूमिगत भएकाे गलत प्रचार गरेकाे अाराेप लगाए ।

‘तपार्इंं र तपाईंको पार्टी नेता/कार्यकर्ता भूमिगत छन् भन्ने चर्चा सुनिन्छ । किन ?’ भन्ने प्रश्नमा महासचिव विप्लवले भनेका छन् –

यो शब्दलाई नै हामीले पुरानो, काम नलाग्ने भइसकेको भनेर भनिसकेका छौँ । यो शब्द पनि कि त क्रान्ति गर्न नसक्ने केवल क्रान्तिको झ्याली पिटेर क्रान्तिकारी भइटोपल्नेले गरेको प्रचार हो कि त प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूलाई जनताबाट अलग गर्नका लागि फैलाएको शब्द हो । यसमा खास ठूलो रहस्य र अर्थ छैन ।

जब क्रान्ति जनताका लागि गरिन्छ भने जनताले नै क्रान्तिको रक्षा गर्ने हो । जनताकै बलमा क्रान्तिकारीहरूले क्रान्ति हाँक्ने हो अनि एक क्रान्तिकारी जनताको बीचमा रहने, बस्ने कुरालाई केको भूमिगत ! भूमिगत त ती तत्व छन् जसले क्रान्तिमा धोका दिएका छन्, गद्दारी गरेका छन् । वार्ताका नाममा जनता र देशलाई धोका दिएर जनताले क्रान्तिबाट हासिल गरेका उपलब्धिहरूलाई नास पारेका छन्, ती तत्व पो प्रहरी र सेना नभएसम्म पाइला नसारेर भूमिगत छन् ।

हेलिकोप्टर र प्लेनबाहेक हिँड्नै छोडेर जनताबाट भूमिगत भएका छन् । हाम्रा नेता–कार्यकर्ता सबै पूरा जोसजाँगरका साथ पार्टीका अभियानहरूमा डटेका छन् र क्रान्ति चलाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार