म्याग्दीको गलेश्वर मन्दिरको दर्शन गरिएकोबारे प्रचण्डले यसबारे प्रतिक्रिया दिएका छन् ।

प्रचण्डले जनतासँग जाेडिन अाफुले यसाे गरेकाे जबाफ दिएका छन् । प्रचण्डले अाफुलार्इ बदनाम गर्न केही मान्छेहरू लागि परेकाे भन्दै अाफु पूरानाे दर्शन र सिद्धान्तबाट दायाँबायाँ नभएकाे जिकिर गरेका छन् ।

प्रचण्डले एक मिडियालार्इ दिएकाे छाेटाे प्रतिक्रिया यस्ताे छ :

‘म आफ्नो दर्शन सिद्धान्त या जे आत्मसाथ गरेर यहाँसम्म आए त्यसबाट दायाँबायाँ छैन । तर, हामी शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीतिमा छाँै । जनताको भावनालाई सम्मान गर्नु, जनताको विश्वासलाई सम्मान गर्नु हाम्रो कर्तव्य हुन्छ । त्यसैले म विभिन्न मन्दिरमा जाने या धार्मिकस्थलमा जाने भनेको जनतासँग मेरो भावना जोडिएको छ । तपाईंको विश्वास प्रति मेरो सम्मान छ भन्नलाई जाने हो । अब मैलेनै कति गरेको छु भनेर धेरै भन्न परेन,’ प्रचण्डको भनाई छ, ‘जहाँसम्म म्याग्दीको तातोपानीमा गएको कुरा छ, त्यो धार्मिक होइन । त्यो प्राकृतिक वा स्वास्थ्यसँग सम्बन्धित छ । त्यो एउटा स्वास्थ्य पर्यटनको विकासका निम्ति महत्वपूर्ण ठाउँ छ भन्ने मैले महशुस गरेँ । र, यस्ता कुराको जसरी चर्चा हुने गर्छ अलि बढी भयो जस्तो पनि लाग्छ । राम्रा पनि भए, नराम्रा पनि भए ।’

अहिले एक थरी मान्छेको पेशा नै मेरो आलोचना गर्ने छ । जनभावनाको कदर गर्नलाई मन्दिर गएको विषयलाई पनि नकरात्मक रुपमा हेर्छन् । प्रचण्ड मन्दिर गए भन्छन् । मैले टिको लगाए भने लौ टिका लगायो भन्छन् । टिका लगाएन भने टिका नै लगाएन भन्छन्,’ प्रचण्डले विगतको स्मरण गर्दै भने, ‘युद्धको बेलामा केही पनि मान्दैन । जनतासँग मतलब पनि छैन भन्या जस्तो बनाइदिए । त्यही लेखे । जनतासँग मतलब छैन भने । ती भन्नेको त केही हिसाव किताव नै छैन ।’

कार्तिक २६ गते प्रचण्ड पत्नी सीतालाई लिएर तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउन म्याग्दी गएका थिए । बेनी नगरपालिका–४ मा रहेको तातोपानी कुण्डमा नसासम्बन्धी रोगबाट पीडित प्रचण्ड पत्नी सीताको तीन दिनसम्म प्राकृतिक उपचार गरिएको थियो ।

गलेश्वर मन्दिर गएको विषयमा सामाजिक सञ्जालमा भएको आलोचनापछि प्रचण्डले जनताको धार्मिक आस्थाको सम्मान गर्दै आफू त्यहाँ पुगेको बताएका छन् । ‘जनताको धार्मिक विश्वासलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो । जहाँ जनता छन् हामी त्यही छाँै । जनतासँगै बसेर तर्क–विर्तक गरेर के ठीक के बेठीक भन्न सक्छाँै । जनभावनालाई वेवास्ता हामी गर्न सक्दैनौँ,’ प्रचण्डको भनाई छ ।

कार्तिक २७ गते प्रचण्ड म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय पुगेका थिए । सो क्रममा प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरको दर्शनसमेत गरेका थिए

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार