दुई तिहाई बहुमतको समर्थन पाएको केपी ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लाग्दै आएको छ । सत्तारुढ दलभित्रैबाट पनि सरकारको आलोचना भइरहको छ । अर्कोतिर पार्टी एकीकरण प्रक्रिया टुङ्ग्याउन नसक्दा सत्तारुढ दल अलमलमा देखिएको छ । यिनै विषयवस्तुमा केन्द्रित रहेर ऋषि धमलाले नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ का लागि गरिएको कुराकानीको छाेटाे अंश यहाँ प्रस्तुत गरिएको छ ।

दुई तिहाई बहुमतको समर्थन पाएको सरकार छ । केपी ओली शक्तिशाली प्रधानमन्त्री बनेको ९ महिना हुन लागिसक्यो । उहाँले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास छ ?
केपी ओली प्रधानमन्त्री भए पनि वा अरु भए पनि गर्नुपर्ने काम एउटै हो । गर्छु भनेर प्रतिवद्धता जनाएका कामहरु गर्न सके मात्रै हामी संविधानलाई कार्यान्वयन र्न सक्छौँ । काम गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? कुनै कुर्सीमा बस्दा त्यो कुर्सीले बताएको दायित्व पूरा गर्न सकिदैन भने किन कुर्सीमा बस्ने ? यो त सबैले उठाउने प्रश्न हो ।

प्रभावकारी रुपमा काम गर्न सक्नुभएन भने प्रधानमन्त्री ओलीले कुर्सी छोड्नुपर्छ भन्ने तपाईको निष्कर्ष हो ?
मलाई के मात्रै भन्न मन लागेको छ भने हरेक व्यक्तिले पदमा बसिसकेपछि निश्चित दायित्व पूरा गर्नसक्नुपर्छ । दायित्व र जिम्मेवारी बहन गर्न सकिदैन भने त कुर्सी छोड्नैपर्छ । म ओलीलाई सफल हुनका लागि, लोकप्रिय प्रधानमन्त्री बन्नका लागि शुभकामना दिन्छु । मैले अझै पनि प्रधानमन्त्री ओलीबाट आशा गरेको छु । उहाँ सफल भए हामी सबै सफल हुन्छौँ । उहाँ हामी सबै चढेको जहाजको सारथी हो । तर उहाँले जहाजमा प्वाल पारिदिनुभयो भने हामी सबै डुब्छौँ ।

तर ओली असफल भए आफ्नो पालो आउँछ भन्ने आश त तपाईहरुमा पनि होला नि ?
यो त परम्परावादी कुरा भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार