नेकपाले मङ्सिर ८ गते गर्न लागेको जनसभा र प्रदर्शनलार्इ भव्य बनाउन तयारी बैठक सम्पन्न गरेकाे छ । जनसभा तयारी उपसमितको बैठकमा पार्टी प्रवक्ता प्रकाण्डले मङ्सिर ८ गतेको जनसभा भव्य हुने बताएका छन् ।

प्रचारप्रसारलाई तीव्र पार्न नेकपाले केन्द्रीय सदस्य मिलनको संयोजकत्वमा गुणराज लोहनी, भीमप्रसाद चापागाईं, प्रकाश डुम्रे र मोहन खतिवडा रहेको पाँच सदस्यीय प्रचारप्रसार उपसमिति गठन गरेको छ । सो समितिको पहिलो बैठक मङ्सिर १ गते शनिबार सम्पन्न भएको छ ।

बैठकमा नेकपाका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्ड, अर्का स्थायी समिति सदस्य सुदर्शन, पीबीएम अनिल विरहीलगायत नेताहरू उपस्थित थिए । बैठकले जनसभाको प्रचारमा भएका वालिङ, पोस्टरिङ, कोणसभा, घरदैलो, अपिललगायत प्रचारको तयारीबारे समीक्षा गरेको छ ।

बैठकले रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जाललाई संयोजन गर्नका लागि ठोस योजना र निर्णय भएको समितिका संयोजक मिलनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार