काठमाडाैंमा विशाल शान्तिपूर्ण जनसभाका लागि नेपाल कम्युनिस्ट पार्टीले पार्टीले ‘मङ्सिर ८ गते काठमाडौँ जाऔँ’ भनेर टाँसेको पोस्टर र ब्यानर प्रहरीले नै च्यात्दै हिँडेको छ । प्रहरीले झापाको दमकमा टाँसिएको पोस्टर र ब्यानर आइतबार च्यातेको हो ।

‘प्रधानमन्त्री केपी वलीको निर्वाचन क्षेत्रमा विप्लव नेकपाको आन्दोलनको पोस्टर र ब्यानर किन टाँसेको ?’ भन्दै प्रहरीले च्यातेको झापास्थित संवाददाताले जनाएका छन् । कतिपय ठाउँमा प्रहरीले ब्यानर र पोस्टर कब्जासमेत गरेको छ ।

सप्तरीबाट प्राप्त समाचारअनुसार सप्तरीबाट गाईघाटतर्फ लाग्ने सडकमा पर्ने सिसवारमा पनि नेकपाको पोस्टर र ब्यानर च्यातिएको छ ।

पार्टीको पोस्टर र ब्यानर नच्यात्न आग्रह गर्दै नेकपाले प्रचार सामग्री च्यातिएको घटनालाई गम्भीर रूपमा लिइएको जनाएको छ ।

नेकपाकाे शान्तिपूर्ण कार्यक्रमका लागि प्रहरीले गरेकाे यस्ता हर्कतले सरकार अाफैले भन्दै गरेकाे वार्ताबाट भागेकाे राजनीतिक विश्लेषकहरूले बताउन थालेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार