महेन्द्रप्रसाद पोखरेल [एम पि] ललितपुर गोदामचौर -घाउ अँझै आलै छ ,ताजा छन ति हर चित्कार ,छटपटाउंछन चिच्याउँछन,कहालीन्छन उन्का हर शब्द शब्दहरु,सुन्ने जो कोहीलाई पनि लाग्छ अहो कति पिडा छ अनि कति कारुणीक छन ति कहानी ।

कसैको बास्तबिक जिबन यति नारकिय अनि पिढामय र चित्कारयुक्त कसरी हुन सक्छ ?
कसरी यो समाजका मानबहरु यति पशु समान हुन्छन?

घटनाको यथार्थ बिबरण केही दिन अघि सेतोपाटीले लेखेको थियो । सके न्याय दिनुहोस्, नभए सुकेको घाउ नकोट्याउनुस् भन्ने शिर्षको उक्त समाचार नै मेरो लागी त्यहाँ सम्म पुग्ने पाईला बनेका थिए काठमाण्डौबाट निक्कै निकट रहेको उक्त गांउ न्याय र ईन्शाफमा बिकट होला र ? मनमा प्रश्न पनि त्यतिकै गाँजिएको थियो।

आखिर न्याय किन यति महङ्गो भएको छ सर्बसाधरणलाई ? मलाई उक्त घटनाले पिरली रह्यो अचानक साबित्री सुबेदी बहिनी सँग उक्त स्थान सम्म पुगियो। साबित्री सुबेदीले बाहिरी आबरण बारे यात्रामा नै सुनाएकी थिईन बाँकि मैले समाचारहरुबाट बुझेँ र घटना बारे सोधेर फेरी दुखेका घाउहरुमा किन नङ लगाउने भन्ने सोचे धेरै कुराहरु समाचारहरुबाट थाह पाईसकेको थिएँ। मलाई मात्र त्यो परिवार सँग भेट्ने ईच्छा थियो ।

अहिले पनि एक बर्ष पुराना कुराहरु केही मात्र खोतल्दा सासू इन्दिरालाई भक्कानो फुट्छ। मैले धेरै कुरा बुझ्ने प्रयत्न गर्दा गर्दै हिँडे त्यहाँबाट।
मेरो मष्तिस्कमा तिनै अनुहार आईरहे ससुरा र सासुको हबिगत बुहारीको बुहारी सामुहिक बलात्कारको सिकार उपचार गर्दा गर्दै बेहाल नै छ ।उनिहरुको आफ्नो घर बिकिसकेको छ अहिले काम गर्ने ठाउंमा नै सहारा लिएर बसिरहेका रहेछन । म धेरै कुरा बाँकी राखेर फेरी भेट्ने बाचा गर्दै त्यहाँबाट हिँडें ।

सरासर सातदोबाटो प्रहरी कार्यलय पुगेँ। प्रहरी कार्यलय सातदोबाटोमा उक्त घटना र दोषीमाथी कारबाही तथा पक्राउका बारेमा प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानाकारी गराए ।मिश्र एक महिना अघि मात्र उक्त कार्यलयमा आईपुगेको र आफु उक्त घटनाका बारेमा अत्यन्तै संवेदनशील ढंग ले काम गरिरहेको जानकारी पाएँ। छिट्टै केही ठोष परिणाम आउनेमा सकारात्मक पाटाहरु रहेको आशा राख्दै म ललितपुर प्रहरी कार्यलय जावलाखेलमा पुगेँ।
प्रहरी उपरीक्षक शेखर खनालसंग घटना बारे जानाकारी लिएँ ।खनालका अनुसार सातदोबाटो प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको सँयोजकत्वमा टोली गठन भएको र प्रहरीले आफ्नो काम अत्यन्तै तदारुकताका साथ गरीरहेको समेत जानाकारी दिए।

कहिले सम्म पक्राउ पर्लान त दोषीहरु भन्ने सवालमा उन्ले दोषी पक्राउ नपरुञ्जेल जिरोकै हाराहारी मान्नु पर्छ जब पक्राउ पर्छ तब सय प्रतिशत काम भयो तसर्थ हामिले हाम्रो तर्फबाट कुनै कशर बाँकी राखेका छैनौँ र राख्ने पनि छैनौँ।

प्रहरीले गर्ने खोजतलाश तथा अन्य जांचबुझ आफ्नै तरिकाले गर्दै होला ,प्रहरी प्रशासन लाई मात्र दोष दिएर सबै जिम्मेवारी बाट आम जनता पन्छिन पनि मिल्दैन ।बलात्कारको एक बर्ष बितिसक्दा पनि के हाम्रो समाजले पिडितलाई सहयोग गर्ने र सामाजिक दायित्वको ग्रहण गरेको छ त ?
के पिडितले समाजमा आफ्नो मान प्रतिष्ठाका साथ पुन आफ्नो जिबन बिताउन सक्ने बातावरण हाम्रो समाजले दिएको छ त ?प्रहरीले आफ्नो काम गर्दैछ र गर्ने नै छ तर पिडितलाई समाजमा स्थापित गराएर फेरी पुरानै जिवनयापनमा फर्काउन सबै आ आफ्नो ठांउबाट सक्दो शहयोग गर्नु पर्ने आबस्यकता भने अँझै छ ।
यो समाचारको अन्य बिबिध पाटाहरु बारे फेरी पनि फ्लोअप समाचारहरु प्रकासन गर्दै जाने छौँ। faraksandesh.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार