शुक्रबार राती कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ मा रहेको सुदुर पश्चिम प्रदेश प्रमुखको कार्यलय नजिकै हत्या भएको बिजय थापाको हत्यारालाई जोगाउन चलखेल भइरहेको मृतकका पिडित परिवारले आरोप लगाएका छन् ।

राजनैतिक शक्ति र पैसाको चलखेलले गर्दा बिजय थापाको हत्याको आरोपमा परेका आषिश सेट्टि र घटनामा सम्लग्न अन्य व्यक्तिहरुलाई रिहा गर्न खोजेको भन्दै न्याय दिन खोलिएको बिजय थापा न्यायिक संघले हत्याराहरुलाई सार्वजनिक गर्न दवाव दिरहेको छ ।

धनगढीबासी २७ बर्षीय भर्खरका युवा बिजय थापाको शुक्रवार राती प्रदेश प्रमुखको कार्यलय अगाडि हत्या गरिएको थियो । बिजय थापाको हत्या गरी लाश घिसार्दै लैजाने क्रममा धनगढी वडा न. ४ कै बासिन्दा आषिश सेट्टिलाई प्रहरीले हत्याको आरोपमा गिरफ्तार गरेको थियो ।

न्यायिक संघले बिजय थापाको हत्याको अभियोगमा सम्लग्न आषिश सेट्टिलाई र अन्य संकास्पद व्यक्तिहरुलाई अझैं कानुनि कार्वाही नगरेको र सार्वजनिक नगरेको भन्दै दवाव दिन थालेका छन् । न्यायिक संघका सदस्य जनकराज अवस्थीले हत्या भएको प्रष्ट हुँदा–हुँदै पनि प्रहरीले राजनैतिक शक्ति र पैसाको कारण हत्याको बिषयलाई ढाकछोप गर्न खोजेको र अनुसन्धान प्रक्रियाबारे केहि जानकारी नदिएको आरोप लगाउनु भएको छ ।

बिजय थापाको हत्यारालाई सजाय दिन न्यायिक संघले धनगढीमा आईतवारका दिन सोमवार प्रहरी कार्यलय अगाडि आन्दोलन जुलुस निकाल्ने सार्वजनिक गरेको छ । जानकारी बमोझिम कैलालीमा मंगलवार दिउँसो १२ बजे देखि अनिश्चितकालीन आम हड्ताल र अन्य आन्दोलनको कार्यक्रम मंसिर ४ गते छलफल हुँनेछ ।

न्यायिक संघका अर्का सदस्य देवराज जोशीले हत्याको संकामा परेका व्यक्ति, होटेल संचालक, घटना भएको घरको घरबेटी सबैलाई अनुसन्धानको माग गर्नुभएको छ । hamro.news/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार