पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को राजधानी हेटौंडा कायम गर्न आफू सकारात्मक रहेको बताएका छन् ।
मंगलबार मकवानपुरे समाज काठमाडौंले प्रचण्डलाई दिएको ज्ञापन पत्र ग्रहण गर्दै उनले राजधानी हेटौंडा कायम राख्नका लागि पार्टी भित्र र प्रधानमन्त्री केपी ओलीस“ग छलफल भइरहेको बताउ“दै अफ्नोतर्फबाट सक्दो पहल गर्ने दाबी गरे ।

‘मैले केहिसमय अघिदेखि हेटौंडामै राजधानी यथावत् हुनुपर्छ भनेको छु,’ अध्यक्ष प्रचण्डले भने ‘त्यस विषयमा मस“ग धेरै छलफल भएको छ ।’

उनले प्रदेशको समग्र विकासका लागि जहा“ राजधानी रहेपनि तीब्रगतिमा काम गर्न सकिने धारणा राख्दै सरकार यसबारेमा सकारात्मक हुनेमा आफू विश्वस्त रहेको बताए । समाजaले काठमाडौंमा प्रचण्ड निवास खुमलटार पुगेर ज्ञापन पत्र बुझाएको थियो ।

समाजले बुझाएको ज्ञापन पत्रमा काठमाडौं उपत्यका र त्यस वरपरका सहर अत्याधिक सवारी चाप र अस्तव्यस्त भइसकेको अवस्थामा राजधानी हेटौंडा कायम गर्दा संघीयताको मर्म अनुसार हुने लगायत उल्लेख छ ।

ज्ञापन पत्र बुझाउन राष्ट्रियसभा सांसद् रामनारायण विडारी, समाजका अध्यक्ष अरुणकुमार गुरुड्ड, उपाध्यक्ष रमेशराज बज्राचार्य र सल्लाहकार नरेन्द्र श्रेष्ठको गएका थिए । अहिले प्रदेश ३ सरकार पनि सहमतिमै राजधानीको विषय टुङ्ग्याउने पक्षमा उभिएको छ ।

राजधानी टुङ्गो नलाग्दा प्रदेशसभा बैठकसमेत अनिश्चित भइरहेकाले मुख्यमन्त्री डोरमणि पौडेल सहमतिमै राजधानी टुङ्ग्याउने पक्षमा छन् ।shitalnews.com/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार