हेडलाइन् अनुसार को समाचार तलको भिडियोमा हेर्नुहोस् यो भिडियो हामीले युटुबबाट लिएका हौ ||
काठमाडौँ । निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअघि अनिश्चितकालिन धर्ना सुरु गरिएको छ ।आइतबारदेखि सुरु भएको धर्नामा निर्मलाका परिवारसँगै अधिकारकर्मी र स्थानीयको सहभागिता छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन महिना भन्दा बढी समय बितिसक्दा पनि अपराधी पत्ता लगाउन नसकको भन्दै उनीहरु सरकारविरुद्ध धर्ना बसेका हुन् । मदनचोकबाट सुरु भएको ¥याली जिल्ला प्रशासन कार्यालयअघि पुगेर धर्नामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले घटनालाई नियोजित रुपमा सामसुम पार्न खोजिएको आरोप लगाएका छन् । धर्नामा सहभागी निर्मलाका परिवारले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतनावनी दिएका छन् ।
¥यालीमा नागरिक संघर्ष समितिका पदाधीकारी, नागरिक समाजका अगुवा, महिला अधिकारकर्मी, विद्यार्थीहरु तथा स्थानीयहरु सहभागी थिए । सबैको एउटै माग छ की जसरी हुन्छ निर्मलाको हत्यारा पत्ता लगाउनुप¥यो र कारवाही गर्नुप¥यो । यसअघि निर्मलाका बुवाआमाले सरकारले दोषी पत्ता लगाउन नसके आफुहरु आमरण अनशन बस्ने चेतावनी समेत दिइसकेका छन ।
अहिलेलाई अनिश्चितकालिन धर्ना दिने र त्यसपछि पनि सरकारले तत्परता नदेखाए परिवार नै आमरण अनसनमा बस्ने चेतावनी दिएका छन । श्रावण १० गतेको निर्मला पन्तको घटना पश्चात अशान्त बनेको कञ्चनपुर सदरमुकाम अझै शान्त हुन सकेको छैन ।
प्रहरीले निर्र्दोष व्यक्तिलाई अभियुक्तको रुपमा सार्बजनिक गरेपछि कञ्चनपुरमा दिनहुँजसो न्यायको माग गर्दै एउटा न एउटा कार्यक्रमहरु भईनै रहेका हुन्छन । तर सम्बन्धित निकायले नसुनेको हो वा सुनेर पनि नसुनेजस्तो गरेको हो ? कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरेको हत्यारा अझै पत्ता लागेको छैन ।
निर्मलाको हत्यारा पत्ता लगाएर कारबाहीको माग गर्दै आन्दोलन भयो, संसदमा आवाज उठ्यो, हत्यारा पत्ता लगाउन सात वटा छानबिन समिति बन्यो, सयौंसँग सोधपुछ भयो, केहीको डिएनए परीक्षण भयो, एसपी र इन्सपेक्टर बर्खास्त भए, केही प्रहरी निलम्बित भए । सय दिनको बीचमा थुप्रैथुप्रै घटना भयो, तर हत्यारा पत्ता लाग्न सकेको छैन । जसकारण सरकारको चौतर्फी आलोचना भइरहेको छ । सरकारले नै हत्यारालाई संरक्षण गर्न खोजेको आरोप छ ।
निर्मलाको हत्या, हत्यापछि उठेको जनआवाज, बलात्कारी एवम् हत्यारालाई कारबाहीसँगै निर्मलाको न्याय लागि भएका आन्दोलन र हत्यारा पत्ता लगाउन भएका प्रयासको श्रृङ्खला यस्तो छ । १० गते निर्मलाको बलात्कारपछि हत्या भयो । साथीको घरमा पढ्नका लागि भन्दै गएकी निर्मलाको बलात्कारपछि हत्या भएको हो ।shitalnews.com/
https://youtu.be/rtC_K0DNV0I







