बर्दिया । बर्दिया जिल्लामा साइकलमा कोचिङ्ग कक्षा गइ रहेकी एक किशोरीको बसले ठक्कर दिँदा ज्यान गएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिकै बसले ठक्कर दिँदा १४ वर्षीया किशोरी निर्मला चौधरीको घटनास्थलमै मृत्यु भएको हो । उक्त बस कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना ४ ख ५३७५ नम्बरको बस रहेको प्रहरीले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं ६ बकुवाकी १४ वर्षीया किशोरी निर्मला चौधरी साइकलमा चढेर कोचिङ्ग कक्षा पढनको लागि भुरिगाउँ बजारतर्फ गइरहेकी थिइन। पव्लिक शिक्षालयमा कक्षा ९ मा पढ्दै आएकी किशोरी निर्मलाको सोमबार बिहान करिव ७ बजे बसले ठक्कर दिँदा ज्यान गएको प्रहरीले जनाएको छ ।ठक्कर दिने बस र चालकलाई भने इलाका प्रहरी कार्यालय भुरिगाउँले अनुसन्धान शुरु गरेको छ।

यो पनि पढ्नुहोस्…
अरिंगालले टोकेर चार वर्षीय बालकको मृत्यु – विद्यालय आउँदै गर्दा बाटोमा अरिंगालले टोकेर सिन्धुपाल्चोक जि्लामा एक बालकको मृत्यु भएको छ ।पाँच पोखरी थाङपाल गाउँपालिका वडा नं. १ मा रहेको गोल्मेश्वरी आधरभूत विद्यालयमा अध्ययनरत छात्र ४ वर्षीय पुजन खत्रीलाई अरिगंलले टोकेको थियो ।

अरिंगालले टोकेर घाइते भएका खत्रीको उपचारको लागि काठमाडौ लैजादै गर्दा बाटोमै मृत्यु भएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । अरिंगालले विद्यालय आउँदै गरेको शिक्षक र अन्य विद्यार्थीहरुलाईसमेत टोकेको थियो । अरिंगालको टोकाइले केही शिक्षक र विद्यार्थीसमेत घाइते भएको अध्यक्ष लामाले जानकारी दिए ।

त्यस्तै नेपालमा बोइङ भित्राउने नेपाल सरकारका पूर्वसचिव ईश्वरलाल श्रेष्ठको निधन भएको छ । उनको गएराति १ बजे ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । उनले उद्योग तथा वाणिज्य मन्त्रालय, शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिवको रुपमा काम गरेका थिए । शिक्षाविदको रुपमा समेत परिचित श्रेष्ठले शंकरदेव क्याम्पसको स्थापनामा योगदान पुर्‍याएका थिए । उनी वाणिज्य शास्त्रको जानकारको रुपमा पनि चिनिन्छन् ।

तीन दशकअघि श्रेष्ठ पर्यटन सचिव रहेका बेलामा अमेरिकाबाट ल्याइएको बोइङ विमानले अहिलेसम्म नेपाल वायु सेवा निगमको शाख जोगाइरहेको छ पूर्व सचिव श्रेष्ठका श्रीमतीसहित १ छोरा र १ छोरी छन् । छोरा डा. प्रकाश श्रेष्ठ लामो समयदेखि आयरल्याण्डमा चिकित्सा सेवामा संलग्न छन् भने छोरी सुनिता श्रेष्ठ शिक्षण सेवामा छिन् । पूर्वसचिव श्रेष्ठको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार