नेपाल कम्युनिस्ट पार्टीले मंसिर ८ गतेको जनसभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । पार्टी स्थापना दिवसमा लाखौ जनतालाई राजधानि उर्ताने नेकपाले बताएको छ ।

नेकपा प्रचास प्रसार उपसमितिले आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारीबारे जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रीय सदस्य एवं प्रचारप्रसार उपसमितिका संयोजक मिलनले पार्टीको आगामी योजना र बार्ता लगायत समसामयिक राजनीतिको बारेमा पार्टीको धारणा सार्वजनीक गर्न र पार्टी स्थापना दिवस मनाउन देशब्यापी कार्यक्रम सञ्चालन गरेको बताउनु भएको छ ।
जनसभामा पार्टीका प्रवक्ता प्रकाण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उहाले बताउनुभएको छ । कार्यक्रममा रातो खबर प्रकाशन गृहका अध्यक्ष गुणराज लोहनीको उपस्थित रहेको थियो भने कार्यक्रम सञ्चालन क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष प्रकाश डुम्रेले गर्नुभएको थियो ।
पत्रकार सम्मेलनपछि बाडिएको प्रेस बिज्ञप्तीमा जनसभाअघि काठमामाडौंका चार स्थानबाट र्याली निस्कने पनि नेकपाले जनाएको छ । बिहान ११ बजे काठमाडौँका गोङ्गबु बसपार्क, कालीमाटी, बबरमहल र सुन्धाराबाट शिर्षस्थ नेताहरुको सहभागीतामा र्याली निस्कनेछ ।
गोङ्गबुबाट निस्कने र्याली लैनचौर, कालीमाटीदेखि टेकु र बबरमहलदेखि माइतीघरमण्डला हुँदै आउने तीनवटै र्याली सुन्धारामा केन्द्रीकरण भई जुलुसले सहर परिक्रमा गरी दिनको १ बजे रत्नपार्क शान्तिबाटिकामा पुगेर जनसभामा परिणत हुने नेता मिलनले जानकारी दिनुभयो ।
मङ्सिर ८ गतेको महत्व, वर्तमान अवस्थामा देखिएका समस्या, वार्तालगायत विषयमा पार्टीको नीति, दृष्टिकोण, आगामी कार्यक्रम र योजना जनसभामार्फत सार्वजनिक गरिनेछ ।
यस्तै बिज्ञप्तीमा पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज सुदर्शनको संयोजकत्वमा जनसभा व्यवस्थापन तथा परिचालन समितिको २५ गते बसेको बैठकले जनसभालाई व्यवस्थित पार्न विभिन्न उपसमितिहरू गठन गरेर देशव्यापी रूपमा प्रचारप्रसारका कार्य अगाडि बढाइरहेको पनि जनाएको छ ।
राष्ट्रघात चुलिएको, जनघात चरम अवस्थामा रहेको, महँगी, कालोबजारी, तस्करी, कमिसनखोरी, हत्या–हिंसा र बलात्कार बढेको, विभिन्न साम्राज्यवादी शक्तिहरूको चलखेलले नेटो काटेको यो अवस्थामा पार्टीले पार्टी पुनर्गठन दिवसका सन्दर्भमा आयोजना गरेको जनसभा सफल पार्न सम्पूर्ण पत्रकार, किसान, मजदुर, मध्यमवर्ग, मानवअधिकारकर्मी, संस्कृतिकर्मी, बुद्धिजीवी, वकिललगायत सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूसमक्ष आवश्यक सहयोग र उपस्थितिका लागि पनि नेकपाले आह्वान गरेको छ ।
प्रचण्ड नेतृत्वको तत्कलीन एकीकृत नेकपा (माआवादी)लाई छाडेर मोहन वैद्य किरणको नेतृत्वमा बनेको नेकपा माओवादीसँग पनि सम्बन्ध विच्छेद गरेर २०७१ साल मंसिर ८ गते नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा नेकपा माओवादी पुनर्गठन गरेको थियो ।
त्यसपछि पछि २०७३ फागुन १ गते काठमाडौंका उद्घाटन गरी ८ गते रोल्पाको थवाङमा सम्पन्न गरेको आठौं महाधिवेशनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी अर्थात नेकपा पारित गरेको थियो । सोही दिनको अवसर पारेर यही मंसिर ८ गते जनसभा गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य गुणराज लोहोनी उपस्थित थिए भने कार्यक्रम संचालन क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रेले गगर्नुभएको थियो ।







