अहिले पनि पश्चिम नेपाल कैलालीका बखत बिष्ट र प्रतिभा चौधरीको जोडीले सामाजिक सञ्जालमा कब्जा जमाइराखेको छ । होचो कदका बखत र बखत भन्दा ठूलो कदकी प्रतिभाले आपसमा विवाह गरेपछि उनिहरु एकाएक चर्चित भएका हुन् । अहिले युट्युव तथा फेसवुक जस्ता समाजिक संजालमा उनिहरुकै राज छ ।

सुरुवाती दिनमा आर्थिक अवस्था कमजोरी बन्दै सामाजिक सञ्जालमा छाएको यो जोडीको अहिले भने आर्थिक अवस्था केहि सुधारिएको छ । सामान्य मोवाइल बोक्ने यो जोडीले अहिले राम्रै ‘भिडियो हेर्न’ मिल्ने मोवाईल बोक्न थालेका छन् । बखत लेखेको गीत ‘बनाउ नेपाल’ ले पनि अहिले चर्चा पाईरहेको छ ।

अघिल्ला भिडियो र अहिलेका भिडियो हेर्दा यो जोडीको लवाई खवाईदेखि लिएर खानपिनमा पनि भिन्नता पाउन सकिन्छ । अहिले बखत र प्रतिभाले बोक्ने मोवाईल ‘मेरी बास्सै’ टिमका बल्छी धुब्रेले किनिदिएका हुन् । बल्छीले मोवाईल किनिदिएपछि मोवाईल कसले बोक्ने र कसले धेरै चलाउने भन्नेमा बखत र प्रतिभाबीच झगडानै हुन थालेको छ । रमाईलो कुराकानीमा दुबै जनाले यो स्वीकार पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार