काठमाडौ । नेपालमा कसैंलाई धम्की दिदा एउटा भनाई छ : मासु कागलाई खुवाउछु यस्तैं भएको युएइमा तर त्यहाँ मानिसको मासु कागले होईन मानिसहरुले भने खाएका छन । प्रेम आफैंमा एक भावनात्मक शब्द हो यसमा मानिसहरुको भावना र सोच जोडिएको हुन्छ । प्रेम सधैं सानदार हुन्छ भन्ने हुँदैंन कहिलेकाँही अभिषाप पनि बन्न सक्छ । युएई मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन्।अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्।
यस्ता घटनाहरु सायदैं विरलैं हुन्छन जहाँ प्रमीले धोका दिन लागेको शंकामा उसैंको हत्या गरेर कसैंलाई भोजन गराउँनु आफैंमा एक डरलाग्दो काम पनि हो । त्यसको पत्तो भने हालसालै मात्र उनको ब्लेन्डरुमा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो। उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो पागलपनको रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ। ३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धान र त्यसपछि अदालतको सामना गर्नुपर्नेछ।
मृतक व्यक्तिसँग उनी सात वर्षदेखिको प्रेम सम्बन्धमा थिइन्। द न्यासनलले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्की महिलासँग विवाहको तयारी गरिराखेको जनाएपछि हत्या गरेको बताएकी छन्। प्रहरीले उनको हत्या कसरी भयो भनेर नखुलाए तापनि ती व्यक्तिका अंगहरू भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको बताएको छ। पत्रिकाका अनुसार पीडकका भाईले उनलाई ओमनको सीमा नजिकैको अल अलिनस्थित शहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला पारेका थिए।
उनका भाईले आफ्ना दाजु हराईरहेको उजुरी प्रहरीमा दिएका थिए जसले डीएनए परीक्षण गरेपछि उक्त दाँत हराइरहेका भनिएका उनका दाजुकै रहेको पुष्टी भएको थियो। प्रहरीका अनुसार उक्त महिलाले पहिले मृतकका भाईलाई घरबाट निकालिदिएको बताएकी थिइन्। तर दुबईस्थित गल्फन्यूजले प्रहरी अनुसन्धानका क्रममा पछि हत्या स्विकारेकी थिइन्।समाचार स्रोतहरूका अनुसार उनले आफ्ना साथीहरूको सहयोगमा उक्त अपार्टमेन्ट सफा गरेकी थिइन्। ती महिलालाई मानसिक जाँचका लागि अस्पताल पठाइएको समेत बताइएको छ। बीबीसीको सहयोगमा







