६ मङ्सिर,भक्तपुर- भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा मंसिर ५ गते बुधबार चोरी भएको छ। सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब रु १५लाख ९८हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।प्रहरीले चोरीका सम्बन्धमा अनुशन्धान अघि बढाएको जनाएको छ। यसैबीच मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठ दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।
बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उनले ढोका फोडेर भएको चोरीको निन्दा गर्दै यथाशिघ्र अनुसन्धान गरी चोरीगर्नेलाई नियन्त्रणमा लिन माग गरेका नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिए।sidhakuranepal
https://youtu.be/gqNhZU7cyT4







