नेपालको दुतावासबाट अप्रत्यक्ष रुपमा भारतको समेत सुचना लिने मनशाय बोकेको चीनले नेपालका लागि चिनियाँ राजदुत काम गर्न नसकेको भनेर फिर्ता बोलाएको पाइएको छ ।

चीनले नेपालका लागि बहालवाला राजदूत यू होङको कार्यकाल सकिनु अगाडि नै फिर्ता बोलाएको छ । यू होङले नेपाल र भारतबीचको सम्बन्धमा सोँचे अनुसार भुमिका खेल्न नसकेको आरोपसहित फिर्ता बोलाएको दुतावास उच्च स्रोतले जनाएको छ । यद्यपि यू होङको कामबाट चीन सन्तुष्ट छ । त्यस वाफत चीनले यू होङलाई सहसचिवमा बढुवा गरेको छ ।

विनियाँ इतिहासमा सकारात्मक तथा हस्तक्षेपकारी भुमिका खेल्न सफल राजदुत होङले नेपालबाट हप्तामा दुई सयजनालाई चीनमा लगेर घुमाउने वातावरण मिलाएर नेपालीको चीन प्रतिको भावना जागृत गर्ने काम समेत गरेकी थिइन् ।

यू होङको स्थानमा चीनले होउ यानक्वीलाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । यानक्वी नेपालका लागि २१ औं राजदूत हुन् ।

फिर्ता हुन लागेकी चिनियाँ राजदूत यू होङ सन् २०१६ नोभेम्बरमा नियुक्त भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार