फाेटाे अनलाइनखबरबाट ।

डेलधुरामा एउटा स्कुल बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डोटीबाट मेला भर्न आएर फर्किँदै गरेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

से १ ख २९३ नम्बर बस दुर्घटनामा परेको हो । उग्रतारा मन्दिरमा मेला भर्न गएर फर्किने क्रममा डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुडुवा खोलाको भीरबाट ३ सय मिटर तल खस्दा १६ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेशका डीआईजी सुरज केसीले बाह्रखरीलाई जानकारी दिए ।

११ जनाको घटनास्थलमा र पाँचजनाको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार बस भीरबाट तल खसेको छ । डोटीको एक स्थानीय पीस जोन बोर्डिङ स्कुलको बस भएको प्रहरीले जनाएको छ । बोर्डिङ स्कुलको बस भए पनि मेला भर्न पुगेका स्थानीय बसमा सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २२ जना घाइते भएको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । डडेलधुराका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ भने स्थानीय पनि उद्धारमा खटिएको प्रहरीले जनाएको छ । घाइते केहीलाई स्थानीय अस्पताल र केहीलाई धनगढी लगिएको उनले जानकारी दिए ।

दुर्घटनामा मृत्यु भएकामध्ये एकजनाको सनाखत भएको छ । डोटीको शिखर नगरपालिका ८ तिलतालीका योगेन्द्र रावलको मात्रै सनाखत भएको छ । बसमा कति जना थिए भन्ने एकिन हुन सकेको छैन । रातिको समयमा भएकाले उद्धारमा पनि कठिनाई भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार