बाग्लुङ्ग: बाग्लुङ्गमा एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । बाग्लुङ्गको दक्षिण जैमिनी नगरपालिका १० राङखानिमा ६० बर्षीय कर्णबहादुर श्रीसले ९० बर्षीय आमा हरिकला श्रीस लाई बन्चरोले प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ ।
आमाको बन्चरो प्रहार गरि हत्या गरेपछि कर्णबहादुर प्रहरी कहाँ आत्मसमर्पण गर्न पुगेका थिए ।
आर्मसमर्पन गर्न प्रहरीमा पुगेका कर्णबहादुरले आमाले सधै गाली गरेपछि आफुले हत्या गरेको प्रहरी सामु बयान दिएको प्रहरी हबल्दार अर्जुन क्षेत्रिले जानकारी दिएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । nayasandesh.com
मङ्सिर ६, २०७५ मा प्रकाशित







