भाडामा बस्ने महिलालाई पसलभित्र लगेर बलात्कार भक्तपुर, एक ५० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरीबृत्त थिमिले ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहाखा बजारमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका मध्यपुरथिमि नगरपालिका–६ बस्ने ५५ वर्षीय कमल श्रेष्ठलाई बलात्कार अभियोगमा प्रहरीले पक्राउ गरेको हो श्रेष्ठले पसल सञ्चालन गर्दै आएको घरमा भाडामा बस्दै आएकी महिलालाई असोज १६ गते श्रेष्ठले पसलभित्र रहेको अर्को कोठामा लगेर जबर्जस्ती बलात्कार गरेको पीडित महिलाले जाहेरी दिएपछि पक्राउ गरी आजै म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो
।सभामुख महराले गराए संसदीय समितिलाई सचेत– ‘एउटै विषयमा छुट्टाछुट्टै निर्देशन नदिनुकाठमाडौँ । सभामुख कृष्णबहादुर महराले संसदीय समितिहरुलाई एउटै विषयमा छुट्टाछुट्टै सरकारलाई निर्देशन नदिन संसदीय समितिहरुलाई सचेत गराएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको १० वटै विषयगत समितिका सभापतिहरुलाई बिहीबार सिंहदरबारमा बोलाएर सभामुख महराले एउटै विषयमा सरकारलाई छुट्टाछुट्टै निर्देशन नदिन सचेत गराएका हुन्।
एउटै विषयमा सरकारलाई निर्देशन दिनु परे संयुक्त बैठक बस्न पनि संसदीय समितिहरुलाई आग्रह गरेका छन्। एउटै विषयमा समितिहरुले छुट्टाछुट्टै निर्देशन सरकारलाई दिनुपर्ने आवश्यकता नरहेको सभामुख महराको भनाइ छ ।
संघीय संसदको अधिवेशन छिट्टै बोलाउने तयारी गरिएको छ। सभामुख महराले संसदको अधिवेशन तत्काल बोलाउने गरी सरकारसँग आवश्यक छलफल गर्न लागिएको जानकारी गराएका हुन्। बैठकमा समितिका सभापतिहरुले आ–आफ्ना समितिको काम कारबाही र त्यसमा देखिएका समस्याबारे सभामुख महरालाई जानकारी गराएका थिए।बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतका पदाधिकारी पनि सहभागी थिए।rmkhabar.com







