भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउन खोजिरहेको बताएका छन् । बिहीबार भैरहवामा आयोजित नेपाली कांग्रेस महासमिति बैठकका सन्दर्भमा राजनीतिक एवं मस्यौदा सुझाव संकलनका लागि ५ नम्बर प्रदेश स्तरीय कार्यशालाको उद्घाटन गर्दै उनले साे कुरा बताएका हुन् ।
आफ्नै पार्टीका नेता र कार्यकर्ताहरु आफू विरुद्ध उत्रिए पनि अधिनायकवादतिर लम्किरहेको केपी ओली नेतृत्वको सरकार विरुद्ध कांग्रेसका नेता कार्यकर्ताहरु चाहि केहि पनि नबाेलेकाे भन्दै रुष्ट भए । ‘मुलुकमा हत्या बलात्कार जस्ता घटना दिन प्रतिदिन बढ्दै छ । निर्मला हत्याकाण्डको दोषीलाई सरकारले बचाउन खोजिरहेको छ, तर पनि हाम्रा नेताहरु सरकार गलत कदम प्रति बोल्न सकेका छैनन् ।’ उनले भने, ‘अहिले मेरो विरुद्ध बोल्न सजिलो छ तर ओली विरुद्ध हाम्रो पार्टीको नेता किन बोल्दैनन् ?’

ओली सरकारलाइ दुनीयाकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वयच्छाचारी भएको उल्लेख गर्दै उनले भने, ‘नेकपाका नेता माधव कुमार नेपाल केपी ओली विरुद्ध बोलिसके, के माधव नेपालले बोले जति हिम्मत हाम्रो नेताहरुमा छैन । नेकपा खिलाफ बोल्नुस, किन डराउनुहुन्छ ?

सरकारले मुलुकमा महंगी, कर वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको बताउँदै सभापति देउवाले प्रधानमान्त्री केपी ओलीको नाम ‘करप्रसाद ओली’ राख्नुपर्ने ब्यंग्य गरेका थिए ।

अबको लडाइपार्टी भित्र नभइ कम्युनिष्टहरुसंग गर्नु पर्ने भन्दै सभापति देउवाले पार्टी भित्रको अन्तरघात र कलहलाइ छोडेर सरकारको अधिनायकका बिरुद्ध आवाज उठाउन आफ्ना नेताहरुलाइ आग्रह गरे। news24nepal बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार