काठमाडौँ – १३ वर्षीय बालिका निर्मला पन्तको न्यायको निम्ती धर्नामा बसेका निर्मलाका बाबुआमाको स्वास्थ्य स्थिति झन् जटिल बन्दै गएको छ । करिब ४ महिना पुग्न लागिसक्दा पनि छोरिको हत्यारा पत्ता नलागेको भन्दै निर्मला पन्तका बाबुआमा १३ दिनदेखि धर्नामा बसेका छन् ।

लामो समयदेखि धर्नामा बसेका पन्तका बाबु यज्ञराजको मानसिक अवस्थासमेत बिग्रिदै आएपछि धर्ना बसेकै स्थलमा गएर चिकित्सकको टोलिले स्वास्थ्य परिक्षण गरिरहेको छ । तर बाबु यज्ञराजको स्मरण शक्तिनै कम हुँदै गएको र स्वभाव असामान्य बन्दै गएको छ।कन्चनपुर प्रहरीका अनुसार उनको थप उपचारका लागि काठमाडौँ लाने तयारी भएको बताएका छन् ।उनी एकोहोरो हुने , रातभर नसुत्ने ,टोलाउने गरेको चिकित्सकहरुले बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार