सप्तरी– सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। को १ ख २७९९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर हनुमान नगर राजविराज सडक खण्डको इनरुवामा दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ। बस सडकबाट अनियन्त्रित भई पोखरीमा पसेको थियो।

दुर्घटनामा परी डेढ दर्जन यात्रु भएका छन्। जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई रिफर गरिएको छ। उक्त बस डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३, ४, ५ बाट तीर्थयात्रु बोकेर सुनसरीको चतरास्थित बराह क्षेत्र गएको थियो। ३० जना यात्रु क्षमता रहेको बसमा ६० जना सवार रहेको प्रहरीले जनाएको छ।mediadabali.com/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार