शनिबार दिनदहाडै काठमाडौँमा ग्यांगफाइट भएको छ। काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा भएको झगडामा छुरा चलेपछि दुई युवक घाइते भएका छन्।
झगडा पछि घाइते भएका दुई युवक दौडँदै आएर सडकपेटीमै लडेर बेहोस भएपछि स्थानीयहरुले प्रहरीमा खबर गरेको जानकारी प्राप्त भएको छ। पहिला पनि यस्तै झगडा हुने यस स्थानमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
छुरा लागि घाइते हुनेमा एक अनिल श्रेष्ठ नाम गरेका युवा छन्। घाइते हुने अर्का युवकको नाम भने खुलेको छैन। प्रहरीका अनुसार दुवै युवकको उमेर अन्दाजी २० वर्ष रहेको छ।
घाइते दुवैजनाको अहिले बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ग्यांगफाइट हुँदा छुरा चलेर दुवै घाइते भएको अनुमान गरिएता पनि झगडाको कारण भने खुल्न सकेको छैन।
विप्लव नेकपाले गर्याे यसरी काठमाडाैंमा शक्ति प्रदर्शन ……!







