नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्डले अाफ्नाे पार्टीलार्इ अघाेषित प्रतिवन्ध लगाउन अाेली सरकारले षडयन्त्र गरिरहेकाे भन्दै त्यसाे गरिए हामीले पनि उनीहरूलार्इ प्रतिवन्ध लगाउने छाैं ।

राजधानीमा अायाेजित अाज अाफ्नाे पार्टीकाे विशाल जनसभालार्इ संवाेधन गर्दै प्रवक्ता प्रकाण्डले अघिल्लाे देउवा सरकार भन्दा अाेली प्रचण्ड नेतृत्वकाे कम्युनिस्ट नामकाे सरकार निकै दमनकारी बनेकाे अाराेप लगाए ।

हामीले भित्राभित्रै सुनिरहेका छाैं अाेली सरकारले हामीलार्इ प्रतिवन्ध लगाएर फासिवादकाे अभ्यास गर्न खाेजिरहेकाे छ, प्रवक्ता प्रकाण्डले भने, अाेली सरकारले यस्ताे दुश्प्रयास गरे हामीले जनताकाे बलबाट उनीहरूलार्इ पनि प्रतिवन्ध लगाउनेछाैं ।

प्रकाण्डले दमन नरोके ओली सरकार जनताको अदालतमा उभिनुपर्ने चेतावनीसमेत दिए।

भने, ‘दलालको इसारामा ओली सरकारले हाम्रो पार्टीलाई दमन गरेको छ। देउवा सरकारले भन्दा पनि बढी। सरकारले हाम्रो पार्टीलाई अघोषित प्रतिवन्ध गरेको छ। दमन नरोके सरकार जनताको कस्टडीमा उभिनेछ,’ उनले थपे,’सरकारले पुष्टि गरेर देखाओस। हाम्रो पार्टी देश द्रोही हो भनेर।’

त्यसैगरी उनले प्रचण्डको नेतृत्वमा देखिएको विचलनकाविरुद्ध लड्ने पार्टीको स्थापना गरेका उल्लेख गर्दै राजधानीमा सार्वजनिक कार्यक्रम गर्न ठाउँ नदिएकोले भृकुटीमण्डप सडकमा कार्यक्रम गरेको स्पष्टीकरण दिए।

विप्लव नेकपाले गर्याे यसरी काठमाडाैंमा शक्ति प्रदर्शन ……!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार