माअाेवादी केन्द्रका संयाेजक गाेपाल किरातीले प्रचण्डले माअाेवादी पार्टीलार्इ एमालेमा लगेर विलय गरेपछि अब सिंगाे माअाेवादी अान्दाेलनकाे नेता नेत्र विक्रम चन्द विप्लव भएकाे बताएका छन् ।

नेकपाद्धारा काठमाडाैंमा अायाेजित विशाल जनसभामा बाेल्दै किरातीले विप्लवले अब नेपालमा हुने समाजवादी क्रान्तिकाे नेतृत्व विप्लवले मात्र गर्ने बताए ।

प्रचण्डले माअाेवादी अान्दाेलनलार्इ अाफ्नाे नीजि स्वार्थकाे लागि दुरूपयाेग गरेकाे भन्दै किरातीले प्रचण्ड अहिले डाँकाकाे रूपमा परिणत भएकाे गंभीर अाराेप लगाए ।

नेता किराँतीले क्रान्तिकारीहरुको उद्देश्य देश र जनताको मुक्ति गर्नु रहेको हुने तर डाँकाको उद्देश्य क्रान्तिकारीलाई दमन गर्ने र व्यक्तिगत स्वार्थमा लाग्ने हुन्छ भन्ने उदाहरण दिँदै उनले अबका केही दिनमा देशको एकजना पनि सहिद परिवार र जनमुक्ति सेना प्रचण्डको हातमा नरही जनक्रान्तिमा लामबद्ध हुने विश्वास व्यक्त गरे ।

क्रान्तिकारी पार्टीहरुलाई पुनर्गठन गर्न आफूहरु प्रतिबद्ध रहेको र क्रान्ति पूरा गर्न प्रचण्ड प्रवृत्तिको बन्ध्याकरण गर्नुपर्ने उनको भनाइ थियो ।

किरातीले अबकाे समाजवादी क्रान्तिमा विप्लव प्रचण्ड नबन्ने ग्यारेन्टीकाे सुनिश्चितता गर्नुपर्ने बताए ।

विप्लव नेकपाले गर्याे यसरी काठमाडाैंमा शक्ति प्रदर्शन ……!

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार