नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले विप्लव नेतृत्वकाे नेकपाले अब सिंगाे नेपालकाे कम्युनिस्ट अान्दाेलनलार्इ पुनगर्ठन गर्ने अभिभारालार्इ पूरा गर्नुपर्नेमा सुझाएका छन् ।

विप्लव नेतृत्वकाे नेकपाले पार्टी पुनगर्ठन गरेकाे चार वर्षकाे अवसरमा अायाेजित विशाल जनसभामा बाेल्दै कट्टेलले नेपालका सच्चा कम्युनिस्टहरूलार्इ नेतृत्व गर्ने जिम्मेबारी पनि यही पार्टीले लिनुपर्ने बताएका छन् ।

अब धेरै पटक पार्टी  पुनगर्ठन गर्नु पर्ने काम याे पार्टीलार्इ नअाअाेस भन्दै नेता कट्टेलले विप्लव नेकपाले गरेेकाे पुनगर्ठन कार्य अन्तिम हुनुपर्नेमा जाेड दिए ।

‘हामीले धेरैपटक पार्टी विभाजन र पुनगर्ठन गर्ने काम गर्याैं, तर अब त्याे काम गर्नु नपराेस्’, कट्टेलले विप्लव नेकपाकाे विशाल जनसभालार्इ संवाेधन गर्दै भने, ‘विप्लव नेकपाकाे पुनगर्ठन काम अन्तिम हाेस् म शुभच्छा व्यक्त गर्न चाहन्छु ।’

अहिले नेपालमा अाेली नेतृत्वकाे नक्कली कम्युनिस्ट सरकारले नेपाली जनतालार्इ लुटतन्त्र मात्र दिएकाे भन्दै नेता कट्टेलले शक्तिशाली जनअान्दाेलनकाे बलबाट याे नक्कली कम्युनिस्ट सरकारलार्इ फ्याक्नु पर्ने बताए ।

विप्लव नेतृत्वकाे नेकपाले केही शक्तिकाे भरमा गरिने सशस्त्र क्रान्तिकाे बाटाे मात्र हाेइन नेपालका लाखाैं जनतालार्इ गाेलबन्द गर्ने कार्यक्रमकाे विकास गरेर शक्तिशाली जनसंघर्षकाे बाटाे अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार