
नेकपाका प्रवक्ता प्रकाण्डले सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्डले अरब मुलुक दुबैमा ४५ अर्ब लुकाएर राखिरहेकाे खुलासा गरेका छन् ।
अाफ्नाे पार्टीले अायाेजना गरेकाे खुला जनसभामार्फत प्रचण्डले अर्बाै पैसा जम्मा गरेर कस्ताे समाजवाद निर्माण गर्न खाेजेकाे भन्दै उनीहरूले देशमा लुटतन्त्र निर्माण गर्न लागि परेकाे बताए ।
अरब मुलुक दुबैमा रहेकाे अर्बाै रूपैया नेपाल भित्राउन प्रचण्डले वामदेव गाैतमलार्इ खटाइरहेकाे अर्काे खुलासा समेत गरे।
अाेली र प्रचण्डले कम्युनिस्टकाे नाम लिएर सच्चा कम्युनिस्टहरूकै बदनाम मात्र गरेकाे भन्दै याे नक्कली कम्युनिस्ट सरकारलार्इ जनताकाे बीचमा नांगेझार पार्नुपर्ने बताए ।
नेपालकाे दलाल संसदीय व्यवस्थामा सबै नेताहरू दलाल र भ्रष्टहरू मात्र जन्मेकाे भन्दै प्रकाण्डले याे दलाल व्यवस्थालार्इ नै जरैदेखि उखलेर फ्याक्नु पर्नेमा अाफ्नाे पार्टी लागि परेकाे बताए ।







