बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुवा धनगढी विमानस्थलमै अलपत्र परेका छन् । निर्मलाका अामाबुवाले अपराधीलाई कारबाहीको माग राख्दै गत १४ दिनयता जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि धर्नामा थिए । साेही बेला निर्मला बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था बिग्रिँदै गएपछि शनिबार उपचारका लागि काठमाडौँ ल्याउने तयारी थियो ।

यज्ञराज विमानस्थलमा बहकिन वा बर्बराउन थालेका थिए । महेन्द्रनगरबाट विमानस्थल छाड्न पुगेकी महिला अधिकारकर्मी लक्ष्मी मल्लका अनुसार विमानस्थल पुगेपछि निर्मलाका बुवाले काठमाडौँ नजाने भन्दै चर्को स्वरले कराउन थालेपछि विमानस्थलका कर्मचारीले लैजान नमानेका हुन् । ‘हामी यतै विमानस्थलमा अलपत्र परेका छौँ,’ मल्लले भनिन्,‘अहिले एम्बुलेन्स खोज्ने प्रयास भइरहेको छ ।’

https://www.youtube.com/watch?v=18fEZQuyQ1k

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार