बाग्लुङमा चिर्पट प्रहार गरि छोराले आमाको हत्या गरेका छन् । बागलुङ्गको जैमिनी नगरपालिका १० दवलधाराका ६० वर्षीय कर्ण बहादुर श्रीसले चिर्पट प्रहार गर्दा ९० वर्षीया हरिकला श्रीसको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुको नाताले आमा छोरा रहेका हुन् । मंगलबार राति भएको घरायसी विवादका क्रममा छोरा कर्णले प्रहार गरेको चिर्पट लागेर हरिकलाको मृत्यु भएको हो । घटना लगत्तै घटना स्थल पुगेको प्रहरीले कर्ण बहादुर श्रीसलाई नियन्त्रणमा लिइ घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।jananinepal.com/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार