बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका आमाबुवा साथै महिला अधिकारकर्मी सारदा चन्द र लक्ष्मी मल्ल लगाएत धनगढी विमानस्थलमै अलपत्र परेका छन् । निर्मलाका अामाबुवा अपराधीलाई कारबाहीको माग राख्दै गत १४ दिनयता जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडि धर्नामा बसेका थिए ।सोहि दिन देखि निर्मला बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था बिग्रिँदै गएपछि शनिबार उपचारका लागि काठमाडौँ ल्याउने तयारी भाको थियो ।

निर्मलाका बुबा यज्ञराज विमानस्थलमा बहकिन वा बर्बराउन थालेका थिए । महेन्द्रनगरबाट विमानस्थल छाड्न पुगेकी महिला अधिकारकर्मी लक्ष्मी मल्ल सारदा चन्दका अनुसार विमानस्थल पुगेपछि निर्मलाका बुवाले काठमाडौँ नजाने भन्दै चर्को स्वरले कराउन थालेपछि विमानस्थलका कर्मचारीले लैजान नमानेका हुन् । ‘हामी यतै विमानस्थलमा अलपत्र परेका छौँ मल्लले भन्नु भयो ।

यतिबेला धनागढ़ी बिमान स्थलमा अलपत्र परेका निर्मलाका बाबु यज्ञराज लाई भने धनागढ़ीको सेती अन्चल अस्पतालमा उपचार भईरहेको मल्लले बताउनु भयो । भने यति बेला निर्मलाका बाबु यज्ञराजको स्वास्थ्य भने सामान्य रहेको र थप उपचारको लागि काठमाडौँ ल्याउने तयारी भईरहेको जनाईन र आजै राति धनागढ़ी बाट काठमाडौँ ल्याईने मल्लले बताउनु भयो ।



शितल न्युज : मिलन सिंह

http://https://www.youtube.com/watch?v=BeKw7td2Jfc

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार