पूर्वमाओवादी केन्द्रका नेता एवम् सांसद पूरन राना थारु र माकेका पूर्वनेता एवम् बौद्धिक अभियन्ता नरबहादुर कार्कीलगायत सयौँजना नेकपामा प्रवेश गरेका छन् ।नेकपाकाे विशाल जनसभामार्फत उनीहरू पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै कार्कीले वर्तनमा सरकारले जनतालाई रेलदेखि अन्तर्राष्ट्रिय विमानस्थलको आश देखाएपनि काम गर्न नसकेको बताए । जीवनबारे प्रशिक्षण दिएर विश्वभर आफूलाई चिनाएका कार्कीले शनिबार आयोजना जनसभामा पार्टी प्रवेश गरेका हुन् ।

आफू समाजका हरेक ठाउँमा पुगेको अनुभव सुनाउँदै कार्कीले अहिलेको व्यवस्था र सरकारीशैलीले जनताको जीवनमा परिवर्तन नहुने बताए । उनले अझै नयाँ खाले समाज परिवर्तनको आवश्यकता रहेको भन्दै त्यो विप्लव नेतृत्वमा पूरा हुने विश्वास लागेकै कारण आफू पार्टी प्रवेश गरेको धारणा राखे ।

बेग्लै ज्ञान, क्षमता र प्रतिभा भएका कार्कीले हालसम्म करिब तीन लाख मानिसहरुलाई जीवनबारे प्रशिक्षण दिइसकेका छन् । जाजारकोट स्थायी घर भएका कार्की विश्वका ५० प्रशिक्षकमध्येका एक हुन् । उनी प्रखर वक्ता समेत हुन् ।

जनसभामा सुरु हुन साथ कार्कीलाई अविर लगाए पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले कार्कीलाई स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार