ले चिनिने मेरो देशलाइ अहिले बलत्कारीलाइ सम्मान गरिने, न्याय माग्दा माग्दै बहुलाइ दिने देश भनेर चिनिन् थालेको छ।
कन्चनपुरकी १३ बर्षिय चेली निर्मला पन्तले आज बलत्कार पछि ज्यान गुमाएको करिव ५ महिना बितिसक्यो, न्यायका लागी कत्ति आन्दोलन गरियो, आन्दोलन गर्दागर्दै कत्तिले ज्यान गुमाए कतिले शरिरको अंग गुमाए, सडक तताइयो, सिँगो देश सडकमा उत्रियो, स्थानीय देखि केन्द्र सम्मका छानबीन समितिहरु बनाइए, सँकास्पदहरुका डीएनए परीक्षण गरियो, प्रमाण लुकाएको भन्दै अधिकाँसलाइ पद बाट बर्खास्त हुने गरि कार्वाहि गरियो तर अहिले सम्म दोशी पत्ता लाग्न सकेन, प्रमाण लुकाएको भन्दै कार्वाहि गरियो तर कस्कोलागी लूकाइएको हो अहँ एक सामान्य प्रश्नको पनी जवाफ पाउन सकिएन। कुनै बेला शिक्षा नपाए कासि जानु, न्याय हराई गोरखा जानुू भन्ने उखानले चर्चित मेरो देश अहिले न्याय हराएर अब कहिल्लै नपाइने अवश्थामा पुगेको छ।
हो आफ्नि बलात्कृत छोरीको लागि न्याय माग्न गाउघर सडक देखि सिँहदरबार सम्म पुगेका निर्मला पन्तका बुबा यज्ञ राज पन्तले यो ५ महिनाको दौडानमा आश्वासन बाहेक केहिपाएनन अन्त्यमा थाकेर जिल्ला प्रशासन कार्यालय कन्चनपुर अगाडी धर्ना सँगै अनसनमा बसेका उनले मानसिक सन्तुलन गुमाउन थालेका छन। हिड्दा हिड्दा थाकेर बसेरै भए पनी यो चिसोयाममा न्याय माग्न थालेका निर्मलाका आमा बुबाले न्याय पाउनको साटो अब त मानसिक सन्तुलननै गुमाऊन पर्ने अवश्थामा पुगेका छन। निर्मलाका बुबाको व्यबहार बदलिन थाले पछि उहालाइ चिकित्सकको टोलिसहित मानसिक उपचारका लागी काठमाडौँ लगिएको हो। जहाज मार्फत लगिने भएको भए पनी यज्ञराजले नमानेको भन्दै गाडीबाट लगिएको बुझिएको छ। बलात्कृत छोरिकोलागी न्याय माग्दा एक बुवाले बहुलाउन पर्ने कस्तो देशमा बाचिरहेका छौ हामि जनता, देशमा प्रजातन्त्र ल्यायौ, गणतन्त्र ल्यायौ तर त्यो सब पहुच वालाहरुको लागी मात्र रहेछ।
कुनै बेला नेपाल जस्तो देशमा जन्मिएर गर्व गर्ने हामि अहिले कठै बिचरा हामि भन्ने अवश्था आएको छ।यत्तिका आन्दोलन, बन्द, आमहर्ताल भए यत्तिका छानबीन समिति बने, प्रमाणहरु लुकाए भनेर डिसपी, एसपीहरुलाइ पद बाट बर्खास्त सम्म गरियो तर आखिर कहा रोकिएको छ त अनुसंधान, के ले छेक्दै छ सत्य कहा पुग्न अहँ कसैले थाहा पाउने आट गर्न सकेका छैनन। देशकि राट्रपती मुखै खोल्दिनन, प्रधानमन्त्री बोल्न बाहेक केहि जान्दैनन, गृहमन्त्री सडक बढार्नमा छन, आइजिपी आश्वासन दिईरहन्छन तर काम कोहि गर्दैनन, वाह क्या देश छ हाम्रो।
अरे राष्ट्रपति ज्यु दुईशब्द बोलिदिनुस न निर्मलालाइ तपाइकै छोरी सम्झेर, अरे प्रधानमन्त्री ज्यु अलि कम बोलेर काम गरिदिनुस हुन त हजुर बिरामि मान्छे तर दबाब त दिन सक्नू हुन्छ हजुरको त पावर चल्छ हजुर, अनि गृह मन्त्री ज्यु सडक, मन्दिर पाटि हामि सफा गर्छौ नी हजुरलाइ गृहमन्त्री यत्ति सानोको लागी बनाएको होइन हजुर ठुलो मान्छे हो ठुलो काम गर्नुस न अनी आजिपि ज्यु हजुर सर्वोच्च पदमा नहुदा त हजुरको कामको हामि जनताले कति वाहवाही गर्यौ, कस्तो काम गर्नू भयो अब त हजुरनै हो नी कार्यकारी न कसैको डर न त्रास गरिदिनुस न हामि मालाहालेर वाहवाही गर्दै देश घुमाउन तयार छौ, किन न्याय मार्नु हुन्छ मेरो न्यायकै लागी बिश्वमा चिनिने देशमा नगरिदिनुस बिन्ति छ।jananinepal.com
https://www.youtube.com/watch?v=18fEZQuyQ1k







