प्युठान- प्रमुख सत्तारुढ नेकपासहित राष्ट्रिय जनमोर्चा, मसाल तथा राप्रपा पार्टीको गठनबन्धन हुँदा पनि कांग्रेसले ऐतिहासिक जित प्राप्त गरेको छ। प्रसंग हो प्युठान नगरपालिकाको उद्योग वाणिज्य संघको।

यहाँ कम्युनिस्टहरुको गठनबन्धन बन्दा पनि कांग्रेसनिकट लोकतान्त्रिक समूहले सम्मानजनक मत प्राप्त गरी एक सदस्य जित्न सफल भएको हो।

नेतृत्वमा निर्वाचित कम्युनिस्ट र राप्रपा गठबन्धन विजयी भएपनि कार्यसमितिमा भने एक सदस्य जितेर कांग्रेसले आफ्नो प्रतिनिधित्व कायमै राख्न सफल भएको छ। यहाँ लोकतान्त्रिक समूहबाट लक्ष्मी केसी विजयी भएकी हुन्।

यो पनि पढ्नुहोस

‘वाइडबडी खरिदमा पाँच अर्बबढी भ्रष्टाचार, कांग्रेसले सडक र संसद तताउने’ : खतिवडा

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वाइडबडी खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानविन नभए सडकदेखि सदनसम्म आन्दोलन चर्काउने चेतावनी दिएको छ।

कांग्रेसका युवा नेता रामहरि खतिवडाले ‘जनता जान्न चाहन्छन्’ भन्ने टेलिभिजन कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले वाइड बडी खरिदमा पाँच अर्बभन्दा धेरै रकम भ्रष्टाचार गरेको दाबी गरे।

लेखा समितिले वाइडबडी खरिद छानविन गरिरहेको भन्दै खतिवडाले भ्रष्टाचारीलाई कारबाही गराउन संसद समेत अबरुद्ध हुने स्पष्ट पारे। नेपाली कांग्रेसले भ्रष्टाचारलाई बढावा नदिएको भन्दै खतिवडाले भने, ‘भ्रष्टाचार गर्ने खुमबहादुर खड्का, जेपी गुप्ता, चिरञ्जीवी वाग्लेहरू जेल परेका छन् ।

तर, एमाले र माओवादीका नेताहरूका थुप्रै भ्रष्ट छन् । खै कसैलाई कारबाही भएन ?’ पूर्वएमालेले आफैले टुँडिखेलबाट एक नम्बर भ्रष्टाचारी घोषणा गरेका वामदेव गौतमलाई उच्चस्थानमा राखेर पार्टी र मन्त्रीको नेतृत्व दिएको खतिवडाले आरोप लगाए । त्यस्तै, नेता खतिवडाले नेपालका सबैभन्दा धनी नेता खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको दाबी गरे।

‘यो देशमा सबैभन्दा धनी नेता केपी ओली र प्रचण्ड हुन्’, उनले भने, ‘अख्तियारले भ्रष्ट र धनी नेताहरू सूची तयार पार्दा ओली र प्रचण्ड मिलेर लोकमानसिंह कार्कीलाई हटाए ।’

सीके राउतविरुद्ध गगनको प्रहारः बिखण्डनकारी तत्वलाई देशबाट खेद्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संघीयता भनेको राम्रो वा नराम्रो भन्दा पनि यसलाई उपभोग कसरी गर्ने भन्नेमा भरपर्ने बताएका छन् ।

ललितपुरको एउटा निजी स्कुलका ८ देखि १० कक्षासम्मका विद्यार्थीसँगको अन्तरक्रियामा थापाले संघीयता आफैमा नराम्रो व्यवस्था नरहेको बताए । ‘संघीयता राम्रो वा नराम्रो केही पनि होइन । संघीयतालाई हामीले कसरी चलाउँछौँ त्यसमा भरपर्छ’, उनले भने, ‘चलाउन सक्यौँ भने संघीयता राम्रो हो ।

होइन भने राम्रो व्यवस्था भनिएको व्यवस्थाहरू पनि नराम्रो भएका छन् । संघीयता बरदान पनि हुन्छ । संघीयता अभिसाप पनि हुन सक्छ ।’ संघीयतालाई सफल बनाउनुपर्ने भन्दै नेता थापाले कुनै पनि व्यवस्थालाई सफल बनाउने दायित्व सबैको हातमा रहने उल्लेख गरे ।

अधिकारका लागि कसैले आवाज उठाउँछ भने त्यो जायज रहने भन्दै कांग्रेसका नेता थापाले भने, ‘प्रदेश २ को मुख्यमन्त्रीले अधिकार पुगेको छैन भन्नु हुन्छ भने अधिकारका बारेमा छलफल गर्न सकिन्छ । तर, कसैले देश नै अलग चाहिन्छ भन्छ भने त्यो अराष्ट्रिय तत्व हो । विखण्डनकारीलाई यो देशमा ठाउँ छैन ।’

सीके राउतले अलग देशको माग गरेको सन्दर्भमा विद्यार्थीले सोधेको जिज्ञासामा कांग्रेस नेता थापाले भने, ‘देश टुक्र्याउँछु भन्नेहरू अराष्ट्रिय तत्व हो । विखण्डनकारीलाई ठाउँ छैन । त्यसका विरुद्ध हामीले एक भएर जवाफ दिनुपर्छ ।’ प्रदेश २ को मुख्यमन्त्रीले कर्मचारी माग गरेर दिएको अभिव्यक्ति जायज रहेको थापाले बताए ।

‘केन्द्र सरकारले कर्मचारी दिँदैनौ भने खाडीमा रहेका मेरो प्रदेशका जनतालाई बोलाएर रोजगारी दिन्छु भन्नु ठीक छ’, उनले भने, ‘कर्मचारी पनि नदिने ? नयाँ कर्मचारी भर्ना गर्न पनि नदिने ? यस्तो गर्न पाइँदैन ।’

नेपाल र नेपालीलाई ‘सलाद’ जस्तै मिलेर बसेको बताएका नेता थापाले नेपालमा सबैको आफ्नै पहिचान रहेको बताए । ‘सलादमा सबै मिसिएको हुन्छ । नेपालमा पनि सबै जातजाति, भाषाभाषी बस्छन् । राई, लिम्बु, बाहुन, मगर, थारु, क्षेत्री, यादव, आदि मिसिएर बसेका छन्’, उनले भने, ‘विभिन्न जातजाति मिलेर बसेका छौँ । नेपालीहरू राष्ट्रियता जात, धर्मको नाममा कसैले राजनीति गर्छ भने त्यसले नेपाली राष्ट्रियता खतरामा पर्छ ।’mediadabali.com/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार