बलात्कार पछि हत्या भएकि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पक्राउ गर्ने जनाएको छ । निर्मलाको बलात्कारपछि हत्या भएको चार महिना पुग्नै लाग्दासम्म सरकारले दोषी पक्राउ गर्न नसकेको बेला विप्लव नेतृत्वको नेकपाले पक्राउ गर्ने बताएको हो । काठमाडौंमा शनिबार शक्ति प्रदर्शनपछि भएको सभालाई सम्बोधन गर्दै सो पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले निर्मलाका हत्यारालाई अब आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने बताएका हुन् ।

निर्मलाका हत्यारालाई ओली सरकारले लुकाएको र अब आफ्नो पार्टीले पक्राउ गरेर सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका प्रवक्ता प्रकाण्डले सरकारले हत्यारालाई लुकाउने प्रयास गरेपनि आफ्नो पार्टीले सार्वजनिक गरेर जनकारबाही समेत गर्ने चेतावनी दिए ।अपराधिलाई लुकाएर सरकारले अनुसन्धानको नाटक गरिरहेको छ, अब हामी सहेर बस्न सक्ने अवस्थामा छैनौँ, हाम्रो पार्टीले निर्मला पन्तका हत्यारालाई पक्राउ गर्छ र जनकारबाही गर्छ,’ सभामा उनले भने ।

छोरीको बलात्कारी र हत्यारालाई कारबाहीको गर्दागर्दै निर्मलाको बुवा यज्ञराज पन्तले मानसिक सन्तुलनसमेत गुमाइसको अवस्थामा सरकारले दोषी पक्राउ गर्न सकेको छैन । यही बेला नेकपाका प्रवक्ता प्रकाण्डले महिला हिंसा, बलात्कार र हत्याका घटनाले जनता आजित भइसक्दा समेत भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले आवश्यक ध्यान नदिएको आरोप लगाए ।jananinepal.com/

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार