हेटौंडा – चीनले अगाडि बढाएको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्मेलनमा सहभागी हुन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई कतार जान कम्युनिस्ट सरकारले अनुमति दिएको छ ।
मुख्यमन्त्री पौडेल कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा कतार जान लागेका हुन्। पौडेलसँगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल चार दिने भ्रमणका लागि कतार जाँदै छन्।
कतार र चीनको राजनीतिक सम्बन्ध स्थापना भएको ३० औं वर्षको अवसरमा कतारको राजधानी दोहामा सम्मेलन हुन लागेको हो। कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मुख्यमन्त्री पौडेल त्यसतर्फ जान लागेका हुन्।
केही महिना अगाडि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत अमेरिका जान अनुमति माग्दा कम्युनिस्ट सरकारले स्वीकृति दिएको थिए । तर, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पूर्वस्वीकृति बिनै अमेरिका गएर पत्रकार कुटाएका थिए ।
सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रिका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायत देशबाट चार सय भन्दा धेरै सरकारी अधिकारी, वक्ता, विशेषज्ञ सहभागी हुनेछन् ।mediadabali.com







