भारतको बैंगलोरको मेट्रोमा एक युवकले सार्वजनिक सवारीमा लाज मर्दो हर्कत गरेका छन् । मेट्रोमा यात्रा गरिरहेका एक युवकले उभिने क्रममा आफ्नो गुप्तांग बाहिर निकाले त्यसपछि एक युवतीसँग टाँसिएर अश्लील तरिकाले प्रस्तुत भएपछि युवतिले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्चाएपछि घटना बाहिर आएको हो ।
युवती चिच्चाएर सबैकुरा भनेपछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट यात्रीले युवकलाई प्रहरीको जिम्मा लगाइदिएका छन् ।
एक निजी कम्पनीमा काम गर्ने उक्त युबक २७ वर्षको भएको बताइएको छ । युवकमाथि अश्लील कृत्य, यौन प्रताडना र बलात्कारको प्रयासको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।







